सिवाइसी द्वारा प्रविधि मैत्री डिजिटल सेव सुचारु

0

राम प्रसाद घिमिरे

असार,  बागलुङ   ।

गण्डकी प्रदेशका सहकारीहरु मध्ये फरक पहिचान बनाउन सफल बागलुङको सिवाईसी बचत तथा ऋण सहकारी संस्थाले प्रविधि मैत्री डिजिटल सेवा सहित सदस्यहरुको सुविधाको लागि मोवाइल एप्समार्फत आर्थिक कारोबार गर्न सहज हुने बिश्वासका साथ बिहिबार वाट क्युआर कोड सेवा सुरु गरेको छ।

साकोसको वार्षिक योजना तथा बजेट तर्जुमा गोष्ठीको अवसरमा संचालक समितिका अध्यक्ष चण्डीप्रसाद शर्मा पौडेलले पहिलो पटक सहकारीका सचिव जयराम भारी ,सदस्य दिपा पौडेल ,विष्णुराज पन्त ,लेखा समिति सदस्य हरी शर्मालाई क्वुआर कोड वितरण गरेका थिए ।

सो अवसरमा सहकारीका अध्यक्ष चण्डीप्रसाद शर्मा पौडेलले धौलागिरी क्षेत्रमै सिवाइसीले पहिलो पटक शेयर सदस्यलाई नगदरहित९क्यासलेस० कारोबार का लागि क्युआर कोड सेवा सुरु गरेको बताए । चेकबुक, र रकम बोकेर हिड्नु पर्ने समस्या अन्त्य गर्न सहकारीले समयको माग अनुसार डिजिटल सेवा सुरु गरेको वताए ।

एप्सबाट सबै किसिमको भुक्तानी गर्नका लागि सहज हुने बिश्वास गरिएको छ । सार्थै मोवाइल वैकिङ मार्फत ब्यालेन्स पठाउन, टेलिफोन, बिजुली तिर्न समेत यो एप्सको मदतले सहज हुने सहकारीका सचिव जयराम भारीले वताए ।
नगदसहित९क्यासलेस० कारोबारमा प्रोत्साहन गर्ने उदेश्यले संस्थाले निर्माण गरेको ‘क्युआर कोड’ बितरण गर्दै त्यसमार्फत भुक्तानी गर्न सदस्यलाई प्रेरित गर्ने सहकारीको योजना छ ।

यही असार अन्तीम साता एटिएम लगायतका सेवा सुरु गर्ने तयारी गरेको सहकारीले शेयर सदस्यको माग अनुसार डिजिटल सेवालाई प्राथमिकता दिने तयारी गरेको छ । एटीएमसँगै स्मार्ट मोबाइल, ट्याबलेट बैंकिङ, एकाउन्ट नोटिफिकेसन, क्यूआर कोड लगायत प्रविधि प्रयोगमा सहकारीले सदस्यलाई जोड्न लागेको सहकारीका प्रमुख कार्यकारी अधिकृत कवि न्यौपानेले वताए । यसै विच विहिवार सहकारीको वार्षिक योजना तथा वजेट तर्जुमा गोष्ठी सम्पन्न भएको छ ।

संचालक समितिका पदाधिकारी, सल्लाहकार, लेखा समिति, विभिन्न विषयगत उपसमिमित ,सेवा केन्द्रका प्रमुख तथा कर्मचारीहरुको सहभागीता रहेको थियो ।

संस्थाले आ।व २०७६र०७७ मा गरेको प्रगती प्रतिवेदन माथि छलफल तथा आ।व २०७७र०७८ का लागी संस्थालाई नया तरिकाबाट अगाडी बढाउनका लागि तर्जुमा गोष्ठीको आयोजना गरेको हो ।

सो अवसरमा सहकारी संचालनका क्रममा आएका समस्याको पहिचान गरी सदस्यका अपेक्षा र गुनासोलाई समेटदै यस वर्षका लागी योजना निमार्ण र कार्यन्वयनका विषयमा छलफल गरिएको कोषाध्यष सिता सापकोटाले वताए ।

पछिल्लो समय बैंक तथा बित्तिय सस्थांहरु आफ्ना आर्थिक कारोबारहरुलाई डिजिटल प्रणालीमा रुपान्तरण गरिरहेको समयमा धौलागिरी क्षेत्रका सहकारीहरुमा यो सेवा पहिलोपटक सुरुगरिएको सहकारीका सह(सचिव सुवास आचार्यको भनाई रहेको छ ।

चालु आर्थिक वर्षको प्रगती तथा बार्षिक रणनीतिक योजना अनुसारको आगामी वर्षको लक्ष्य बारेमा बित्तीय भौतिक पूर्वाधार र सामाजिक सेवा तथा सदस्य लाभका कार्यक्रमहरु समावेश गरी निति तथा कार्यक्रम ल्याईएको छ ।

संस्थाको हाल १ अर्व ४० करोड पुजी रहेकोमा आगामी आथिक वर्षमा २ अर्व ५ करोड कुल पुजि पुर्याउने ,हाल ९ हजार ८ सय ४६ रहेकोमा आगामी आर्थिक वर्ष १४ हजार सदस्य पुर्याउने लक्ष्य लिएको छ ।

बागलुङ वजारमा केन्द्रीय कार्यले रहेको सहरकारीले ११ स्थानमा सेवा केन्द्र मार्फत सेवा दिएकोमा जिल्ला भरका १० वटै स्थानिय निकायमा १५ वटा सेवाकेन्द्र बिस्तार गर्ने निति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

Share.

Leave A Reply