“रुख रोपौ पृथ्बी बचाऔं” भन्ने नाराका साथ शहिद स्मृति बाल उद्यानमा बृक्षारोपण

0

असार २२, चितवन

वाताबरण संरक्षणको लागि लायन्स तथा लियो क्बलहरुले संसारभर नै हरेक बर्ष बृक्षारोपण गर्दै आईरहेका छन् । यसै क्रममा आज “रुख रोपौ पृथ्बी बचाऔं” भन्ने नाराका साथ रत्ननगर–१ स्थित शहिद स्मृति बाल उद्यानमा आज लायन्स तथा लियो क्लबहरुले बृक्षारोपण गरेका छन् । उद्यानमा बिभिन्न प्रजातीका ५० भन्दा बढि बिरुवाहरु आज लगाईएको हो ।


बृक्षारोपण कार्यक्रममा प्रमुख अतिथि लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक ३२५ बि २ नेपालका प्रथम भाईस डिष्ट्रिक गर्भनर लायन राम प्रसाद भट्ट एम जे एफले आज रोपिया बिरुवाको सरंक्षण पनि लायन्स तथा लियोले नै गर्ने गनुपर्ने बताउदै आयोजकहरुलाई यसतर्फ बिशेष ध्यान दिन आग्रह गर्नुभएको थियो । कार्यक्रमका बिशिष्ट अतिथि रत्ननगर नगरपालिका वडा नं १ का अध्यक्ष शंकर सिह तामाङले जनचासोका यस्ता कार्यक्रममा अझै लाग्न लायन्सकर्मीहरुलाई अनुरोध गर्नुभएको थियो ।
पुर्वी चितवनमा सकृय लायन्स क्लब अफ रत्ननगर,लायन्स क्बल अफ राईनो सिटी,लायन्स क्लब अफ रत्ननगर मिड नेपाल, लायन्स क्लब अफ रत्ननगर पिस तथा लियो क्लब अफ रत्ननगर मिड नेपाल र लियो क्लब अफ रत्ननगर पिसको आयोजनामा आज बृक्षारोपण भएको हो ।


लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक ३२५ बि २ का डिष्ट्रिक डिपार्टपेन्ट चिफ शुरेशचन्द्र आचार्यको संयोजना भएको कार्यक्रममा डिष्ट्रिकका डेपुटी को(अडिनेटर योगेन्द्रनाथ अधिकारी, दिपेन्द्र खतिवडा, मुल्याङकन प्रमुख प्रकाशचन्द्र भट्टराई, एरिया नं ३ का एरिया चिफ प्रभाकर पण्डित , डिष्ट्रिकका रिजन जोन चियर पर्सन तथा लायन्सकर्मीहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको सभापतित्व लायन्स क्लब अफ रत्ननगर मिड नेपालका अध्यक्ष किशोर चालिसेले गर्नुभएको थियो ।

Share.

Leave A Reply