रजहरबाट ४९ जना कोरोना संक्रमित निको भई घर फर्किए, गैंडाकोटका २ जना

0

डोलराज रानाभाट, २१ असार । जिल्लाकै एक मात्रै कोरोना अस्थायी अस्पताल रजहर प्राकृतिक चिकित्सालयबाट आज एकै दिन ४९ जना कोरोना निको भएर डिस्चार्ज भएका छन् । जसमा गैंडाकोट नगरपालिकाका दुई जना पुरुष समेत रहनुभएको छ । गैंडाकोट नगरपालिका वडानम्वर ३ का २० वर्षीय र गैडाकोट ७ का ३९ वर्षीय पुरुष हुनुहुन्छ । जेठ २६ गते गैडाकोट ७ का पुरुषमा संक्रमण देखिएको थियो । त्यस्तै अन्य निको हुनेहरुमा देवचुली नगरपालिका १ का १९ र ७ का ३२ वर्षीय पुरुष गरी २ जना, मध्यविन्दु नगरपालिकाका १७ जना, बुलिङटार गाउँपालिकाका १ जना, बौदीकालि गाउँपालिकाका २२ जना, हुप्सेकोट गाउँपालिकाका २ जना र विनयी त्रिवेणी गाउँपालिकाका ३ जना रहनुभएको छ । अव आइसोलेशन १५२ जना रहनुभएको व्यवस्थापक हरि सापकोटाले जानकारी दिनुभयो ।

Share.

Leave A Reply