६ दिनपछि फुट्यो ताला, नगर प्रमुखद्वारा २ दर्जन बढि फाइलमा हस्ताक्षर

0


प्रेम क्षेत्री
असार २१, गैंडाकोट । गैंडाकोटमा जनजातीहरुले ताला फोरे लगत्तै लाम लागेर बसेका २ दर्जन वढि फाईलमा नगर प्रमुख छत्रराज पौडेलले हस्ताक्षर गर्नुभएको छ । आर्थिक वर्षको अन्त्यमा बजेट निकासाका लागि बसेका फाईलहरुको प्रक्रिया अघि बढेका छन् ।

नेपाल आदिवासी जनजाती महासंघ नगर समन्वय समिति गैंडाकोटका पदाधिकारीले नगर प्रमुख र उप प्रमुखको कार्यकक्षमा लगाएको ताला फोरेका हुन् । शनिबार महासंघले एक विज्ञप्ती निकाल्दै आईतबार दिउँसो १ बजे सम्मको अल्टिमेटम दिएको थियो । नगर प्रमुख र उप प्रमुख नभएको समयमा जनजाती महासंघका पदाधिकारीले ६ दिनपछि ताला फोरिदिएका हुन् । सो समयमा नगर प्रमुख कामको शिलसिलामा कावासोती र उप प्रमुख भने अनुगमनमा निस्कनुभएको थियो ।

सातौँ नगरसभामा पारित भएको नीति कार्यक्रम र बजेटमा असन्तुष्ट व्यक्त गरेका नगरसभा सदस्यहरुले असार १६ गते ताला लगाएका थिए । सेवाग्राहीको चर्को दवाव पछि असन्तुष्ट नगर सभा सदस्यहरुले यसअघि गैंडाकोट नगरपालिकाको तीन वटा कार्यकक्षमा लगाइएको ताला मध्ये प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा लगाइएको ताला खोलिदिएका थिए ।

६ दिनसम्म पनि वार्ताको पहल र ताला खोल्ने कार्य अघि नबढेको जनाउँदै घन लिएर पुगेका जनजाती पदाधिकारीले ताला फोरिदिएका हुन् । जनजातीको यस कार्यलाई केही सेवाग्राहीले सकरात्मक रुपमा लिएका छन् भने केहीले उनिहरुको प्रयोग गरि विवाद गर्दै आएका पार्टीहरुले सेफ ल्यान्डिङ गरेको तर्क गरेका छन् ।

महासंघका नगर अध्यक्ष ललितबहादुर गुरुङले वार्ता र छलफबाट टुङ्ग्याउनुपर्ने विषयहरु आम जनातालाई सास्ती हुनेगरि ताला लगाएर गरिनु दुःखद् भएको बताउँदै यस्ता क्रियाकलाप बन्द हुनुपर्ने बताउनुभयो । १५ वटा जातीहरुको पहलमा ताला फोरिएको उहाँको भनाई थियो ।

उता ताला लगाउने नगर सभा सदस्यहरुले भने रोष प्रकट गरेका छन् । जनजातीले राजनीतिक ओतका आधारमा गलत कार्य गरेको भन्दै ताला लगाउने पक्षका नगर सभा सदस्य राजेन्द्र उपाध्यायले जनप्रतिनिधिलाई लत्याएर अघि वढ्नु उचित नहुने बताउनुभयो । काम नरोकियोस् भन्नका लागि प्रमुख प्रशासकिय अधिकृतको कार्यकक्षमा ताला खोलि सकेको अवस्थामा ताला फोरिनु गलत रहेको उहाँको आरोप छ ।

नगरपालिकामा पटक–पटक स–साना विषयमा तालाबन्दी तथा विवादले नगरपालिकाको छवि नै विगारेको भन्दै सर्वसाधारणले रोष व्यक्त गर्दै आएका छन् । हरेक समस्याको निकास वार्ताबाट मात्रै सम्भव हुने बताउँदै वार्ताका माध्यमबाट अघि वढ्न आग्रह गर्दै आएका छन् ।

Share.

Leave A Reply