विदेशबाट आएका युवालाई विना झन्झट हामी ऋण दिन्छौँ ः अध्यक्ष लम्साल (कुराकानी सहित)

0

 २१ असार । नेपाल लघुवित्त वैँकर्स संघका अध्यक्ष एवम विजय लघुवित्त वित्तीय संस्थाका कार्यकारी प्रमुख बसन्तराज लम्सालले विदेशबाट आउनुभएका युवाहरुलाई कुनै उद्यम गर्न परे आफूहरुले विना झन्झट ऋण लगानी गर्ने बताउनुभएको छ । विजय एफएमको कार्यक्रम आजको सवालमा कुराकानी गर्दै उहाँले ८ देखि १० लाख युवा स्वदेश फर्कदै छन् भन्ने जानकारी आफूहरुलाई आएको र उहाँहरुलाई लगानी गर्न आफू तयार रहेको लम्सालले बताउनुभयो । लम्सालले भन्नुभयो,“ सरकारले केही कोषको व्यवस्था गरेको छ । तर त्यो कोषको संचालन व्यवस्थापन कसले गर्छ भन्ने कार्यविधि वनिसकेको छैन । हाम्रो माग भनेको त्यो संचालनको जिम्मा लघुवित्तहरु दिनुहोस भन्ने हो । किनभने हामी गाउँगाउँमा पुग्छौँ । लघुवित्तहरुले विना कानुनी झन्झट आज ऋण मागे पर्सीपल्ट ऋण पाउनुहुनेछ ।”

 

https://www.facebook.com/vijayafm.gaindakot/videos/570381683653262/ 

५० अर्वको एउटा कोष , १ सय अर्वको पुर्नकर्जाको कोष छ । त्यसको प्रयोग कसरी गर्ने भनी नेपाल राष्ट्र वैँकले बनाउने नीतिमा आफूहरुको ध्यान केन्द्रीत रहेको बताउनुभयो । सर्टिफिकेट राखेर ऋण पाउने सुविधाको उपयोग नेपालभर जम्मा १८ जनाले गरेको भन्दै यो पनि लघुवित्तलाई दिए लाखौँ युवाहरु उद्यमी वन्ने गरी लगानी गर्ने बताउनुभयो । लम्सालले भन्नुभयो,“लघुवित्तले विना धितो ३ देखि वढिमा ५ लाख मात्रै लगानी गर्न पाउँछ । त्यसैले कानुनले छेकेका कारण यसको सम्वोधन हुनुपर्छ भन्ने अहिलेको सुझाव छ । सर्टिफिकेट राखेर ऋण पाउने सुविधा वैँकहरुलाई दिँदा उहाँहरु ठूलो लगानीमा केन्द्रीत हुनुभयो ।यसलाई लघुवित्तमा सार्नुपर्छ भन्ने हाम्रो माग हो । ”

चैत्र मसान्तसम्म किस्ता तिर्नेलाई १० प्रतिशत व्याजमा छुट दिएको र वैशाख जेठ असारको साविकको व्याजदरमा ३ प्रतिशतले घटाएर कोभिड १९ को समय छुट दिएर जनतालाई राहत दिएको बताउनुभयो । अहिले सामान्य १८ प्रतिशतमा लगानी भइरहेको भन्दै उहाँले कोभिड को समय ३ प्रतिशत व्याज घटाएर संचालन खर्च समेत नधानेपनि महामारीको समय सदस्यहरुलाई छुट गरेको उहाँको भनाई छ । आफूहरु नेपाल राष्ट्र वैँकको निर्देशन अनुसार संचालित हुने भएकाले जे नीति तथा निर्देशन आउँछ त्यसको पालना गरेको लम्सालले बताउनुभयो । अव वन्ने नयाँ मौद्रिक नीतिका लागि आफूहरुले लिखित सुझाव नै पेश गरेको भन्दै त्यसको सम्वोधन भए लघुवित्तले नेपालको आर्थिक क्षेत्रमा थप टेवा दिन सक्ने र जनतालाई पनि राहत मिल्ने बताउनुभयो ।

 

अहिले पनि देशभरका ९० वटा वित्तीय संस्थाहरुले ४७ लाख जनतालाई सेवा दिइरहेको भन्दै वैँक तथा वित्तीय संस्थाले लघुवित्तलाई दिने ऋण सापटीको व्याजदर कम गर्न उहाँको माग छ । अझै पनि १४ प्रतिशतसम्म व्याज तिरेर सापटी ल्याई जनताको घर घरमा लगानी गर्नु परेको तितो यथार्थ रहेको भन्दै १४ प्रतिशत वैँकलाई तिर्नुपर्ने, केही प्रतिशत संचालन खर्च र त्यसैमा केही मुनाफा जोडेर लगानी गर्दा महङ्गो पर्न गएको तिर सरकारले ध्यान नदिँदा आफूहरुलाई समस्या भएको उहाँको भनाई छ । त्यसैले अव वन्ने मौद्रिक नीतिमा एउटा स्थायी कोषको व्यवस्था हुनुपर्ने र लघुवित्तले सापटी लिने ठाउँको व्याजदर कम हुनुपर्ने आफूहरुको सुझाव रहेको लम्सालको भनाई छ । यदि वैँक तथा वित्तीय संस्थाले ७÷८ प्रतिशतमा सापटी दिने र त्यसमा केही संचालन खर्च र मुनाफा जोडर १५ प्रतिशत मै लगानी गर्न सकिने बातावरण वनाइदिन राष्ट्रवैँकसँग आग्रह गरेको उहाँको भनाई छ ।

 

अहिले ९० वटा संस्थाले ४७ लाख जनालाई २६० अर्वको लगानी गरिरहेको र त्यसमध्य वैँक तथा वित्तिय संस्थाबाट १३५ अर्व सापटी लिएको अवस्था छ । वैँक वित्तीय संस्थाबाट पाएको सापटी अटो लोन भन्दा महङ्गो भएको उहाँको गुनासो छ । अव एउटै व्यक्तिले धेरै लघुवित्त वाट ऋण खाने व्यवस्थामा कडाई हुने भएको छ । सिआइवि पव्लिक कम्पनीले डाटा संकलनको कार्य गरिरहेको र यसले पूर्णता पाउना साथ डुव्लीकेशनको समस्या हल भएर लघुवित्तमा सुधार आउने उहाँको भनाई छ । यसले पूर्णता पाउनासाथ एउटा व्यक्तिको नागरिकता नम्वर हाल्नासाथ उसले ऋण लिएको सवै विवरण आउने र त्यसबाट अहिले देखिएका समस्या समाधान हुने लम्सालले बताउनुभयो ।

अव वन्ने मौद्रिक नीति कस्तो हुनुपर्छ ? लघुवित्तहरुले कोभिड १९ को महामारीमा किस्ता तिर्न पर्नेहरुलाई के सुविधा दिएको छ त?

Posted by 101.6 Vijaya FM on Saturday, July 4, 2020

Share.

Leave A Reply