गैंडाकोट १८ का जनतालाई सडककै सास्ती, फेरि पहिरोले रुख ढलेर वाटो नै अवरुद्ध

0


माया कंडेल
असार २० , गैंडाकोट ।
गैंडाकोट १८ का स्थानिय फेरी पनि सहज रुपमा हिडडुल गर्न नपाउने भएका छन । पहिरो गएर बाटोमा रुख ढलेपछि बिगत ५/६ दिनदेखी गैंडाकोट १८ जाने बाटो अवरुद्ध भएको छ । मानिस समेत हिँड्न नमिल्ने गरी ढलेको रुख नपन्छाउदा एम्वुलेन्स सहित सवारी चल्नै पाएको छैन । केहि समय पहिला पूर्वपश्चिम राजमार्गदेखी दमार जोडने मुख्य सडकखण्डमा अबैध रुपमा सालका रुख काटेर यत्तिकै छोडदा यातायात अवरुद्ध भई सास्ती पाएका गैंडाकोट १८ का स्थानीयमा सो समस्या समाधान भएपनि अहिले पुन अर्को समस्या थपिएको छ । बर्षायाममा सहजै यातायात संचालन त पहिले पनि हुन्थेन अहिले झनै पहिरो आएपछि स्थानीय चिन्तित बनेका छन । बन्दै गरेको बाटो पानी पर्दा हिलो र खाल्डाखुल्डीमा हिडेरै भएपनि अत्यावश्यक काम गर्ने त्यहाका स्थानीय अस्पताल जान र खाद्यान्न गाउँसम्म पु¥याउन कठिन हुने बताउछन । बस, गाडी त चल्दैन हिडन पनि मुस्किल भएको बताउनुहुन्छ गैंडाकोट १८ आहालेका गगन सिंह राना मगर । उहाँले यत्तिकै एकजना व्यक्ति पनि हिडन नमिलेको लहरा र पहरा समाएर झुण्डिएर हिडन परेको ठाउँमा कसरी खाद्यान्न बोकेर हिडने प्रश्न ? गर्दै एकदमै समस्या भएको बताउनुहुन्छ ।


गैंडाकोट १८ हात्तीशालका संगित रेशमी मगरले सरोकारवालाले चासो दिन नसकेको बताउनुहुन्छ । हिजो मात्रै त्यहि बाटो प्रयोग गर्दै भेडावारीदेखी हात्तीसाल गएको बताउने मगरले ३ घण्टाको बाटो अहिले पहिरो र रुख ढलेर अवरोध गरेका कारण ६ घण्टा लागेको बताउनुभयो । बाटो बनाउने क्रममा डोजर लगाउदा अहिले पहिरो गएको हुनसक्ने भेडाबारी सामुदायीक वनकी सचिव पार्वती आचार्यले बताउनुभयो । बाटो राम्रो नभएकाले पनि त्यहाको रुख हटाउन नसकिएको आचार्यको भनाई छ । उहाले सम्बन्धित निकायमा पहल गरिरहेको विजय एफएमसंग कुराकानी गर्दै जानकारी दिनुभएको छ ।


यस्तै गैंडाकोट १८ का वडाध्यक्ष तिलबहादुर चितौरेलाई यसबारेमा बुझ्न खोज्दा उहाँसंग भने टेलिफोन सम्पर्क हुन सकेन ।
पटक पटक यसरी सास्ती खेप्नुपर्दा स्थानीय हैरान छन । अत्यावश्यक काम गर्न पनि कठिनाई भएको भन्दै छिट्टै बाटो सहज गराउनुपर्ने उनिहरुको माग छ । यो भन्दा पहिला त्यहि बाटो अवरोध भइ एम्वुलेन्स जान नपाएर गैंडाकोट १८ का २ जनाले अकालमै ज्यान गुमाउन परेको थियो यस्तो अवस्था फेरी आउने हो की भन्ने स्थानीयमा त्रास छ । त्यसैले पनि कुनै अप्रिय घटना नघटदै पहिरो पन्छाएर बाटो खुल्ला गर्न आवश्यक देखिएको छ ।

Share.

Leave A Reply