महासंघ नवलपुरद्धारा पत्रकारहरुको पीसीआर परीक्षणका लागि नामावली संकलन

0

२० असार । नेपाल पत्रकार महासंघ नवलपुरले पत्रकारहरुको पीसीआर परीक्षण गर्ने व्यवस्था गरेको छ । विश्व महामारीमा पनि फिल्डम खटीएर अग्रभागमा रही जनतालाई सूचना दिइरहेका पत्रकारहरुको स्वास्थ्य सुरक्षा दृष्किोणलाई ध्यान दिएर पीसीआर परीक्षणको व्यवस्था मिलाइएको अध्यक्ष होमराज रानाभाटले बताउनुभयो ।

रानाभाटले भन्नुभयो,“कोभिड १९ को महामारीमा पनि ज्यानको प्रबाह नगरी निरन्तर जनतालाई सुसुचित गराउने अभियानमा छौ । फिल्डमा खटिएका तमाम पत्रकार साथीहरूलाई नमन गर्न चाहान्छौ । साथीहरू अब महासंघकै पहलमा फिल्डमा दिनरात नभनेर खटिने योद्दा पत्रकारहरूको कोरोना पीसीआर जाँच गर्ने ब्यबस्था मिलाईएको छ ।”

घरबाट फिल्डमा पत्रकारिताको लागि अहोरात्र खटिने पत्रकारहरू नछुटुन भन्ने उद्देश्यले आफनो नाम,मिडिया र फोन नम्बर महासंघलाई जानकारी गराउन उहाँले आग्रह गर्नुभयो ।

Share.

Leave A Reply