गैंडाकोट महिला फुटवलद्धारा एभरेष्ट क्लवका महिला खेलाडीका लागि फुटवल सहयोग

0

२० असार । गैंडाकोट ७ का महिला फुटवल खेलाडीलाई थप दक्ष वनाउन आज खेल सामाग्री निशुल्क हस्तान्तरण गरिएको छ । गैडाकोट ७ मा रहेको एभरेष्ट युवा क्लवको महिला फुटवल टिमलाई गैंडाकोट महिला फुटवल क्लवले सहयोग गरेको गरेको हो ।

विभिन्न प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने उहाँहरुलाई थप सहज हुने उद्देश्यले २ वटा फुटवल हस्तान्तरण गरिएको हो । एभरेष्ट फुटवल क्लवका उपाध्यक्ष विनोद क्षेत्रीले फुटवल आवश्यक रहेको बताएपछि गैंडाकोट खेलकुद समितिको समन्वय आज हस्तान्तरण गरिएको फु्टवल सघका महासचिव लक्षमण कार्कीले जानकारी दिनुभयो ।

कार्यक्रममा वडाअध्यक्ष चोलानाथ उपाध्याय, सदस्य इश्वरी चापागाई, गैडाकोट ७ का खेलकुद समितिका अध्यक्ष हर्क वहादुर नेपाली,एन्फा रेफ्री अमृत घिमिरे, भलिवलका राष्ट्रिय रेफ्री गजेन्द्रवन सन्यासी,महिला फुटवल क्लवका अध्यक्ष दुर्गा घिमिरे, उपाध्यक्ष शोभा आले, क्लवका अध्यक्ष मान वहादुर सुनारी मगरको सहभागीता रहेको थियो ।

Share.

Leave A Reply