३ करोड ९१ लाखमा वनेका जिल्ला प्रहरी कार्यालय नवलपुरका दुई वटा भवनको उद्घाटन

0

होमराज रानाभाट, कावासोती २० असार । प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीले प्रहरी ले आफुलाई समय अनुसार अघि नबढे जनताले न्याय पाउन नसक्ने भएकाले समय अनुसार आचरणमा परिबर्तन गर्दै अघि बढनु पर्नेमा जोड दिनुभएको छ । प्रहरी महानिरीक्षक ज्ञवालीले प्रहरीले समाज परिबर्तनका लागि जिम्मेवार भूमिका निर्बाहा गर्नुपर्नेमा जोड दिदै समाजलाई सहि र परस्कृत ढंगबाट अघि बढाउन प्रहरीको दायित्व अन्य नागरिकको भन्दा बढि हुने भएकाले समाजमा हुने सबै किसिमका गैर क्रियाकलाप को अन्तयका लागि प्रहरी दिनरात कर्तब्य निष्ठका साथ लागेको बताउनुभएको छ । जिल्ला प्रहरी कार्यालय पूर्बी नवलपरासीको हाता भित्र निर्माण भएको जिल्ला प्रहरी कार्यालय भवन र ब्यारेक भवनको आज कावासोतीमा उद्दघाटन गर्दै नेपाल प्रहरीका महानिरीक्षक ज्ञवालीले सो कुरामा जोड दिनुभएको हो ।

समाजमा धेरै गतिबिधिहरु नकरात्मक हुने गर्दछन् ती नकरातमक गतिबिधिहरु कहाँ बाट संचालित छन् ,गुण्डागर्दी तस्करी कहाँबाट सचालित भैरहेका छन् यस्ता अराजक गतिबिधिहरुलाई निरुतसाहित गर्दै अघि बढन् सकिएन भने नागरिकले प्रहरीलाई बिश्वास गर्न सक्दैनन तसर्थ पनि समाजमा हुने अराजक र उच्छृखँल गतिबिधिको अन्तयका लागि प्रहरी संगठन प्रति जनताले राखेको भरोसा पुरा गर्न प्रहरी कहिल्यै चुक्न नहुने मा प्रहरी महानिरक्षिक ज्ञवालीले जोड दिनुभयो ।

उहाँले करीब ७९ हजार प्रहरी भएको यो संगठनमा अनुशासन ,संयमता ,धैर्यता सबै रहेको बताउँदै नेपाल प्रहरी जस्तो सुकै परिस्थितिमा पनि समय अनुसार जनताको बिश्वास जितेर अघि बढेकोमा यसका हजारौं सुरक्षाकर्मी प्रति आभार ब्यक्त गर्नुभयो र भन्नुभयो प्रहरी जनताको सेबामा सधैं दत्तचित्त भएर लाग्नु पर्दछ ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पिताम्बर धिमिरे,प्रहरी नायब महानिरीक्षक घनश्याम अर्याल,पूर्ब प्रहरी बरिष्ठ उपरक्षिक इृन्द्र न्यौपाने, प्रहरी उपरक्षिक दिपक रेग्मी लगायतले प्रहरीले जनताको बिश्वास जितेर अघि बढनुपर्नेमा जोड दिनुभएको थियो ।

 

दुई वटा भवन निर्माणमा करीब तीन करोड ९१ लाख खर्च भएको प्रतिबेदन सो अबसरमा सार्बजनिक गरिएको थियो । कार्यक्रममा प्रहरी को भवन निर्माणमा उल्लेखनीय सहयोग गर्ने महानुभाबहरुलाई सम्मान गरिएको थियो ।

Share.

Leave A Reply