लायन्सले गरेको कार्यक्रममा ७१ जनाले गरे रक्तदान

0


२० असार, चितवन । चितवनमा भईरहेको रगत अभावलाई कम गर्न आज भरतपुर ४ हरिकीर्तन चोक लंकुमा लायन्स क्लब अफ चितवन चौतारी र लायन्स क्लब अफ चितवन गोल्डेनले संयुक्त रुपमा रक्तदान कार्यक्रम सम्पन्न गरेका छन् । कार्यक्रममा ४ महिला र ६७ पुरुष गरी ७१ जनाले रक्तदान गर्नुभएको थियो ।

लायन्स क्लब अफ चितवन गोल्डेनका अध्यक्ष रामचन्द्र तिमिल्सेनाले स्वागत मन्तब्य राख्नुभएको कार्यक्रमको प्रमुख अतिथि रहेका लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक ३२५ बि २ का प्रथम भाईस गर्भनर लायन रामप्रसाद भट्टले यस कार्यको प्रशंसा गर्नुभयो । कार्यक्रममा उहाँले मानविय सेवामा लागेका लायन्सकर्मीहरुलाई गुणात्मक काममा ध्यान दिन आग्रह गर्नुभएको थियो ।

कार्यक्रमका विशिष्ट अतिथि रहेका भरतपुर महानगरपालिका वडा नम्बर ४ का अध्यक्ष हरि आचार्यले लायन्सले गरेका कामहरु आफुलाई राम्रो लागेको बताउँदै सहकार्यका लागि आफु ईच्छुक रहेको बताउनुभयो । कार्यक्रममा लायन्स क्लब अफ ईन्टरनेशनल डिष्ट्रिक ३२५ बि २ को–अर्डिनेटरहरु हरि घिमिरे, दिनानाथ न्यौपाने, सिद्धार्थलाल चुके, कमलप्रसाद श्रेष्ठ, खोमकान्त रेग्मी, डेपुटी को–अर्डिनेटर राजेन्द्र गौतम, प्रविना श्रेष्ठ, एरिया नं ३ का चिफ एरिया को–अर्डिनेटर प्रभाकर पंण्डित, डिपार्टमेन्ट चिफहरु, रिजोन तथा जोन चियर पर्सन लगायत क्लबका पदाधिकारी तथा सदस्य लायन्सकर्मीहरुको उपस्थिती रहेको थियो ।

एरिया नं ३ का सचिव पूर्णप्रसाद शर्माको संयोजनमा भएको कार्यक्रम लायन्स क्लब अफ चितवन चौतारीका अध्यक्ष डा. गंगा सापकोटाको अध्यक्षतामा समपन्न भएको हो ।

Share.

Leave A Reply