नारायणगढ क्षेत्रका १४ वटा लायन्स क्लबद्वारा रक्तदान कार्यक्रम आयोजना

0

असार १९, नारायणगढ ।

नारायणगढ क्षेत्रका १४ वटा लायन्सक्लबहरुले आज सयुक्त रुपमा आयोजना गरेको रक्तदान कार्यक्रममा ११० पुरुष र १९ महिला गरी कुल १२९ जनाले रक्तदान गर्नुभएको छ । लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक ३२५ बि २ नेपाल एरिया नं ३ अन्र्तगत क्लबहरुले चितवनमा बढ्दै गएको रगत अभाबलाई मध्यनजर गर्दै सो रक्तदान कार्यक्रम आयोजना गरिएको बताए । कार्यक्रमको प्रमुख अतिथी लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक ३२५ बि २ नेपालका प्रथम भाईस डिष्ट्रिक गर्भनर रामप्रसाद भट्ट हुनुहुन्थ्यो भने बिशिष्ट अतिथिको रुपमा भरतपुर महानगरपालिका बडा नं ३ का अध्यक्ष चन्द्रमित्र पंण्डित हुनुहुन्थ्यो । कार्यक्रममा लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक ३२५ बि २ को–अडिनेटरहरु दिनानाथ न्यौपाने, सिद्धार्थलाल चुके, कमलप्रसाद श्रेष्ठ, माधबप्रसाद पौडेल, डेपुटी को–अडिनेटर राजेन्द्र गौतम, प्रबिना श्रेष्ठ, एरिया नं ३ का चिफ एरिया को–अडिनेटर प्रभाकर पंण्डित, एरिया सचिब पूर्णप्रसाद शर्मा लगायत क्लबका अध्यक्ष तथा पदाधिकारी, तथा लायन्सकर्मीहरुको उपस्थिती रहेको थियो । उक्त रक्तदान कार्यक्रम एरिया नं ३ का को–चिफ प्रकाश पौडेलको सभापतित्वमा सम्पन्न भएको थियो ।

Share.

Leave A Reply