गण्डकी प्रदेशमा १७ जनामा कोरोना पुष्टि

0


प्रेम क्षेत्री, असार १८ गैंडाकोट ।
गण्डकी प्रदेशमा आज थप १७ जनामा कोरोना देखिएको छ । लमजुङ र कास्की गरि २ जिल्लाका १७ जनामा कोरोना पुष्टि भएको हो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको परिक्षणमा कास्कीका १ जना र लमजुङका १६ जनामा पुष्टी भएको जनाईएको छ ।
यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको सङ्ख्या बिहीबार सम्ममा एक हजार ३१ पुगेको छ । बिहीबार बिहान मात्रै प्रदेश क्षयरोग केन्द्रमा गरिएको परीक्षणमा थप नयाँ आठ जना संक्रमित देखिएका थिए ।
गण्डकी प्रदेशमा थप ७३ सहित २८७ जनाले कोरोना जितेर घर फर्केका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयको विज्ञप्तिअनुसार बाग्लुङका ६८ जना, गोरखाका तीन, लमजुङ दुई र ७३ जनाले कोरोना जित्न सफल भएका हुन् । यसअघि २१४ जना निको भएका थिए ।

Share.

Leave A Reply