गण्डकी प्रदेशमा दुई सय ८७ जनाले जिते कोरोना

0


असार १८ : गण्डकी प्रदेशमा थप ७३ सहित २८७ जनाले कोरोना जितेर घर फर्केका छन् ।

प्रदेश स्वास्थ्य निर्देशनालयको विज्ञप्तिअनुसार बाग्लुङका ६८ जना, गोरखाका तीन, लमजुङ दुई र ७३ जनाले कोरोना जित्न सफल भएका हुन् । यसअघि २१४ जनाले निको भएका थिए ।

प्रदेशमा कोरोना संक्रमितको सङ्ख्या बिहीबारसम्ममा एक हजार १४ पुगेको छ । बिहीबार प्रदेश क्षयरोग केन्द्रमा गरिएको परीक्षणमा थप नयाँ आठ जना संक्रमित देखिएका हुन् । रासस

Share.

Leave A Reply