गैंडाकोट नगरपालिकामा तालावन्दी गर्दा सेवाग्राही मारमा, असार मसान्त आउदा झनै समस्या

0

१७ असार । काँग्रेस पक्षिय जनप्रतिनिधिहरुले गैंडाकोट नगरपालिकामा हिजो लगाएको तालावन्दीका कारण दैनिक सेवा प्रभावित सँगै सेवाग्राही मारमा परेका छन् । जनप्रतिनिले नै जनताले सेवा लिन आउने ठाउँमा तालावन्दी गर्दा तीव्र आलोचना सुरु भएको छ ।

सातौँ नगरसभामा आफ्ना मागहरु सम्वोधन नभएको भन्दै असन्तुष्ट जनप्रतिनिधिहरुले हिजो नगरप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र उपप्रमुखको कार्यकक्षमा तालावन्दी गरेका थिए । आज विहान कार्यालय समयमा सेवा लिन आएका सेवाग्राही सेवा नपाएर फर्कनु परेको भन्दै गुनासो गरेका थिए ।

 

प्रमुख प्रशासकीय अधिकृतकै कार्यकक्ष वन्द भएपछि दैनिक सेवा रोकिएको भन्दै ताला खुलाउन सेवाग्राहीले आग्रह गरेका छन् । असार मसान्तमा विभिन्न योजनाहरुको भुक्तानी लगायतको काम लिएर आएकाहरु आजै सेवाप्राप्त नगरी फर्कनुपरेको थियो ।

Share.

Leave A Reply