कोरोना संक्रमण रोक्न लायन्स क्लवद्धारा सात वटा हात धुने मेशिन हस्तान्तरण

0

पूर्णप्रसाद शर्मा,चितवन, असार १८ । लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक ३२५ बि २ नेपालका प्रथम भाईस डिष्ट्रिक गर्भनर लायन राम प्रसाद भट्ट एम. जे. एफले सानो प्रयासले ठुलो परिवर्तन ल्याउने बताउनुभएको छ । आज गैडाकोट नगरपालिका, इलाका प्रहरी कार्यालय सहित चितवनका विभिन्न ठाउँमा हात धुने मेशिन हस्तान्तरण गर्दै सो कुरा बताउनुभएको हो ।

आज डिष्ट्रिक ३२५ बि २ एरिया नं ३ का बिभिन्न स्थानमा जडान गरिएका सेमि अटोमेटिक हात धुने धारा हस्तान्तरण गर्दै उहाँले सेवाग्राहीहरुको भीड वढि हुने ठाउँमा कार्यालय परिसरमा हात धुने मेशिन राखेर सन्देश दिन खोजेको बताउनुभयो । सावुन पानीले मिची मिची हात धुदा कोरोना सहित धेरै रोगको संक्रमण बाट बच्न सकिने बताउनुभयो । नगरपालिकामा प्राप्त उक्त हात धुने मेशिनको उद्घाटन गर्दै गैडाकोटका नगरप्रमुख छत्रराज पौडेले लायन्सले आज स्थापना गरेका धाराहरु हेर्दा सानो भए पनि सन्ेदश ठूलो दिने बताउनुभयो ।

समुदायमा कोरोना संक्रमण फैलन नदिन लायन्स र लियो ले खेलेको भूमिकाको प्रशसा गर्नुृभयो । त्यस्तै आजै इलाका प्रहरी कार्यालय गैंडाकोटको परिसरमा मा जडान गरिएको धाराले सेवा लिन आउनेहरुलाई सावुन पानीले हात धुन सजिलो हुने र ड्युटीमा जाने र फर्कने प्रहरीहरुलाई पनि सहज हुने इलाका प्रमुख प्रहरी निरीक्षक चन्द्रवहादुर थापाले बताउनुभयो । कोरोना महामारीमा लायन्स र लियोले नेपाल प्रहरीसँग गरेको सहकार्यले ठूलो सहयोग मिलेको बताउनुभयो ।

त्यस्तै आज नै रत्ननगर बकुलहर अस्पताल परिसर टाँडीमा जडान पनि जडान गरिएको धाराको उद्घाटन कार्यक्रममा रत्ननगर नगरपालिकाकी उपमेयर बिमला दुवाडीले ब्याक्तिगत सरसफाईमा ध्यान पु(याउदा धेरै किसिमका रोगलाग्न बाट बचिने तर्फ ध्यानाकर्षण गराउदै लायन्सले गरेको कार्यको मुक्त कण्ठले प्रशंशा गनुभएको थियो ।

 

आज एरिया नं ३ अन्र्तगत गैडाकोट नगरपालिका कार्यालय, ईलाका प्रहरी कार्यालय गैडाकोट, तथा युनिक्याम्पस ग्लोवल अगाडी शहिदचोक नारायणगढ, मालपोत कार्यालय भरतपुर, कारागार कार्यालय भरतपुर, नेपाल बिधुत प्राधिकरण भरतपुर बितरण केन्द्र र रत्ननगर बकुलहर अस्पताल टाँडी गरि बिभिन्न ७ स्थानमा जडित सेमि अटोमेटिक धारा उद्घाटन गरिएको हो । उद्घाटन कार्यक्रममा डिष्ट्रिक को–अडिनेटरहरु हरिप्रसाद घिमिरे, दिनानाथ न्यौपाने, सिद्धार्थलाल चुके,कमलप्रसाद श्रेष्ठ, खोमकान्त रेग्मी, डेपुटी कोअडिनेटर राजेन्द्र गौतम लगायत डिष्ट्रिकका बिभिन्न पदाधिकारी, तथा लायन्सकर्मीहरुको उपस्थिती रहेको कार्यक्रमको सभापतित्व डिष्ट्रिक ३२५ बि २ एरिया नं ३ का चिफ एरिया कोअडिनेटर प्रभाकर पंण्डितले गर्नुभएको थियो ।

Share.

Leave A Reply