लायन्स क्लव अफ बागेश्वरी गैंडाकोट सिटीद्वारा अपाङग जीवन विकास संस्थालाई खाद्यान्न सहयोग

0


असार १७, गैंडाकोट
लायन्स क्लव अफ बागेश्वरी गैंडाकोट सिटीले अपाङग जीवन विकास संस्था गैंडाकोट १लाई खाद्यान्न सहयोग गरेको छ । चामल २ बोरा, दाल ५ केजी, १ बोरा आलु, भुजा १ बोरा, तेल ५ लिटर, नुन २ पोका, सोयाविन १ बोरा अपाङग जीवन बिकास सस्था गैंडाकोटलाई हस्तान्तरण गरिएको लायन बर्ष २०२०/२०२१ का अध्यक्ष भानु रिमालले जानकारी दिनुभयो । उहाँले सुरुवातकै काम मानविय सेवाबाट यात्रा गर्दा खुशी लागेको र आगामी दिनमा पनि यस्तै मानविय काम गर्दै जाने बताउनुभयो । फरक क्षमता भएका ब्यक्तिहरुको लागि संरक्षकत्व प्रदान गरेको सस्था अपाङग जीवन बिकास सस्था गैंडाकोट १, नवलपुरलाई दैनिक उपभोग्य खाद्यान्न सामाग्री हस्तान्तरण गर्न पाउनु खुशीको कुरा रहेको अध्यक्ष रिमालको भनाई छ ।


कार्यक्रमका प्रमुख अतिथी लायन्स क्लव ईन्टरनेशनल डिस्ट्रिक३२५ वि टु नेपालका प्रथम भिडिजी एमजेएफ रामप्रसाद भट्टले पहिलो कार्यक्रम नै मानविय सेवाको लागि गरेको भन्दै आगामी दिनमा निरन्तरता दिन आग्रह गर्नुभएको छ । कार्यक्रममा रिजन चेयरपर्सन तथा संस्थापक अध्यक्ष लायन नवराज कंडेल ,जोन चियर पर्सन तथा पूर्व अध्यक्ष मेघराज कंडेल, नविन अधिकारी, निवर्तमान अध्यक्ष दुर्गा चालिसे लगायतको उपस्थिती रहेको थियो । संस्थासम्म आएर सहयोग गरेकोमा संचालक बालकृष्ण सापकोटाले लायन्स क्लव अफ बागेश्वरी गैंडाकोट सिटीलाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।

Share.

Leave A Reply