गैंडाकोट ५ का संक्रमितको परिवारका सदस्यहरुको रिपोर्ट नेगेटिभ

0

१६ असार । होम क्वारेनटाइनमा रहदा कोरोना संक्रमण पुष्टी भएको गैंडाकोट ५ का एक युवाको परिवारका सदस्यहरुको रिपोर्ट भने नेगेटिभ आएको छ ।

चिकित्सककै परिवार भएकाले होम क्वारेनटाइनको वसाईलाई थप व्यवस्थित र सुरक्षित वनाएका कारण परिवारका सदस्यहरुमा कोरोना संक्रमण हुन नपाएको गैंडाकोट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलले बताउनुभयो । भारतबाट आएर होम क्वारेनटाइनमा वस्नुभएका २५ वर्षीय युवामा संक्रमण देखिएपछि उहाँको घरलाई सिल गरिएको थियो ।

सामाजिक संजालमा अनेक प्रकारका टिका टिप्पणीले आफूलाई दुखित वनाएको परिवारका सदस्यहरुले बताएको पनि पौडेलको भनाई छ । स्वमय चिकित्सकको परिवार आफैमा सुरक्षित वसोवास थियो भन्दाभन्दै सामाजिक संजालमा अनेक टिप्पणी गरेर आफूलाई विभिन्न आरोप लगाइएको भन्दै परिवारका सदस्यहरुले गुनासो गर्नुभएको छ ।

 

 

Share.

Leave A Reply