एसइईका लागि मूल्याङ्कन समितिमा अभिभावक राखिनु पर्दथ्यो ः भण्डारी

0

१५ असार । नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले एसइईका लागि मुल्याङ्कन गर्न बनाइएको समितिमा अभिभावक पनि रहनुपर्नेमा जोड दिनुभयो ।

विजय एफएमको कार्यक्रम आजको सवालमा कुराकानी गर्दै उहाँले मूल्याङ्नमा थप पारदर्शी र चेक एण्ड व्यालेन्स वनाउन पनि अभिभावकहरुको संगठनबाट प्रतिनिधित्व हुने गरी समिति निर्माण गर्नुपर्ने गरी कार्यविधि बनाइनुपर्ने बताउनुभयो । तर अहिले वनिसकेको कार्यविधिलाई अवरोध भने नगरिने र शिक्षकहरुलाई विवेकपूर्ण मुल्याङ्न गरी विद्यार्थीहरुको भविष्यलाई उच्च प्राथमिकतामा राख्न आग्रह गर्नुभयो ।

विद्यालय वन्द भएको तीन महिना पुरा हुँदा पनि सरकारले ठोस कार्यक्रम र विद्यालय शिक्षाका वारेमा ठोस निर्णय नगर्दा अभिभावक र विद्यार्थी दुवैमा मानसिक तनावका साथै भविष्यको चिन्ता थपिदै गएको बताउनुभयो । सरकारी संयन्त्रका व्यक्तिहरुमात्रै प्रतिनिधित्व भएको सीसीएमसीले सरोकारवालहरुसँग पनि छलफल गरी महमारीमा कसरी वालवालिकालाई पढाउने, प्रविधिको पहुँचमा कसरी ल्याउने लगायतमा छलफल हुनुपर्ने भएपनि सरकारले त्यसतर्फ ध्यान नदिएको उहाँको भनाइ छ ।

यसरी हुँदै छ नवलपुरका विद्यालयमा एसइईको आन्तरिक मूल्याङ्कन (पुरा कुराकानी सहित)

विद्यालय खुलेको समयसम्मको मात्रै शुल्क तिर्न आग्रह गर्दै सवै कुरामा विवाद भन्दा महामारीमा छलफल र वहसबाट मात्रै समाधान खोज्न उहाँले आग्रह गर्नुभयो । सरकार, निजी क्षेत्र र अभिभावकहरुमा एउटा वहस हुनुपर्ने र आगामी योजना तया हुनुपर्नेमा उहाँको जोड छ । अव विद्यालय गए मात्रै शिक्षा हासिल हुन्छ भन्ने मान्यतालाई परिवर्तन गर्दै घरबाट पनि व्यवहारिक शिक्षा सिक्न सक्ने तर्फ सवै लाग्नुपर्नेमा उहाँको जोड थियो । अनलाईन दुर शिक्षा आदिबाट पढाइ भएको भनिएपनि धेरै विद्यार्थी यी सवैको पहुँचबाट वाहिर रहेकाले थप योजना वन्नु आवयक भएको उहाँको भनाई छ ।

सरकारले विद्यालय वन्दनै रहने गरी लकडाउन साउन ७ सम्म लम्व्याएको छ । यो अवस्थामा अभिभावकले भोग्नुपरेको पीडा के हो ? महामारीमा वालवालिकाको भविष्यलाई कसरी बचाइराख्ने ?

Posted by 101.6 Vijaya FM on Monday, June 29, 2020

Share.

Leave A Reply