आधा भाडा मात्रै बुझ्न आग्रह,साविककै भाडा दिन दबाब दिने घरधनीविरुद्ध कानुनी उपचारमा जाने

0

१५ असार । चितवनका व्यवसायीले लकडाउन अवधिको घरभाडा ५० प्रतिशत बढी घरभाडा नदिने भएका छन् । नेपाल घरबहाल उपभोक्ता मञ्च चितवन र वस्तुगत संघहरुको बैठकले घरभाडा नर्तिन व्यवसायीलाई आग्रह गरेको छ । मञ्चका महासचिव रामप्रसाद पौडेलले पूर्ववत अवस्थामा व्यवसाय सञ्चालन नआउँदासम्म ५० प्रतिशतभन्दा बढी भाडा नलिन घरधनीलाई अनुरोध गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

५० प्रतिशत बढी भाडा लिएको पाइए आन्दोलनमा उत्रने मञ्चका सल्लाहकार प्रभात ढुंगानाले बताउनुभयो । “व्यवसायी आर्थिक संकटमा परेका छन्, यो बेला भाडा तिर्न सक्ने अवस्था छैन”, उहाँले भन्नुभयो, “५० प्रतिशतभन्दा बढी भाडा नदिन व्यवसायीलाई भनेका छौँ, केही मनकारी घरधनीले शतप्रतिशत घरभाडा छुट पनि दिन थालेका छन् ।” उहाँले साविककै भाडा दिन दबाब दिने घरधनीबारे सूचना संकलन गरी कानुनी उपचारमा जाने बताउनुभयो ।

Share.

Leave A Reply