साउन ७ सम्म लम्वियो लकडाउन, ढाँचा अहिलेकै

0

१६ असार । गत वर्षको चैत्र ११ देखि सुरु भई जारी लकडाउन साउन ७ सम्म लम्व्याइएको छ । हिजो वसेको मन्त्रिपरिषदको बैठकले अहिलेकै ढाँचाको लकडाउनलाई निरन्तरता दिने निर्णय भएको हो ।

प्रदेश, जिल्ला र स्थानीय तहले ठाउँअनुसार कडाई र खुकुलो बनाउन सक्ने तर निर्णय गर्दा केन्द्रसँग समन्वय गर्नुपर्ने गरी निर्णय भएको बताइएको छ । अहिले जस्तै सार्वजनिक सवारी साधन चल्ने छैनन् निजी सवारीसाधन जोर विजोर प्रणालीमा चल्नेछन् भने उद्दार बाहेकका सबै हवाई उडान बन्द हुने, विद्यालय तथा शैक्षिक संस्थाहरू बन्द नै रहनेछन् ।

 

सभा समारोह, प्रदर्शन गर्न पाइने छैन भने सिनेमा हल, डान्सबार, पुस्तकालय, संग्रहालय, समूहमा खेलिने खेल, स्वीमिङ पुलहरू पनि खुला हुने छैनन् । सरकारले तोकेका २० बाहेक अरू अन्तर्राष्ट्रिय सीमा नाका पनि बन्द नै रहने निर्णय भएको छ

Share.

Leave A Reply