कोरोना पोजिटिभ व्यक्तिहरु सरसफाइमा जुटदै (भिडियो सहित)

0


असार १६, नवलपुर
जिल्ला अस्थायी कोभिड अस्पताल सामुदायिक प्राकृतिक चिकित्सालय रजहर मा रहेका (कोरोना पोजिटिभ) व्यक्तिहरुले चिकित्सालय परिसर सरसफाइ गर्नुभएको छ । यसले उहाँहरुको समय सदुपयोग हुने र अनावश्यक मानसिक तनाव पनि नहुने सामुदायिक प्राकृतिक चिकित्सालय रजहरका निर्देशक डा. विनोद पौडेलले बताउनुभएको छ । उहाँले जागिर छोडेर आफ्नो रोजगार गुमाएर आएका हरुका लागि नेपालमा उत्पादन मुलुक काममा लगाउनु आजको प्रमुख आवश्यकता भएको बताउनुभयो । निर्देशक डा. पौडेलले कोरोना संक्रमण मुक्त भएर जाँदाको दिनमा फलफूल र जडिबुटीका बिरुवाहरु दिएर बिदा गर्न पाए उनीहरूको आत्मविश्वास पनि बढ्ने, देशको लागि आर्थिक टेवा समेत पुग्ने धारणा व्यक्त गर्नुभएको छ । भारत कुवेत लगायतका देशहरुबाट रोजगार गुमाएर फर्केका २०६ जना युवाहरू सामुदायिक प्राकृतिक चिकित्सालय रजहरमा हुनुहुन्छ जसमध्ये ४७ जना कोरोना मुक्त भएर घर फर्किसक्नु भएको छ ।

कोरोना पोजिटिभ व्यक्तिहरु सरसफाइ गर्दै

असार १६, नवलपुर जिल्ला अस्थायी कोभिड अस्पताल सामुदायिक प्राकृतिक चिकित्सालय रजहर मा रहेका (कोरोना पोजिटिभ) व्यक्तिहरुले चिकित्सालय परिसर सरसफाइ गर्नुभएको छ । यसले उहाँहरुको समय सदुपयोग हुने र अनावश्यक मानसिक तनाव पनि नहुने सामुदायिक प्राकृतिक चिकित्सालय रजहरका निर्देशक डा. विनोद पौडेलले बताउनुभएको छ । उहाँले जागिर छोडेर आफ्नो रोजगार गुमाएर आएका हरुका लागि नेपालमा उत्पादन मुलुक काममा लगाउनु आजको प्रमुख आवश्यकता भएको बताउनुभयो । निर्देशक डा. पौडेलले कोरोना संक्रमण मुक्त भएर जाँदाको दिनमा फलफूल र जडिबुटीका बिरुवाहरु दिएर बिदा गर्न पाए उनीहरूको आत्मविश्वास पनि बढ्ने, देशको लागि आर्थिक टेवा समेत पुग्ने धारणा व्यक्त गर्नुभएको छ । भारत कुवेत लगायतका देशहरुबाट रोजगार गुमाएर फर्केका २०६ जना युवाहरू सामुदायिक प्राकृतिक चिकित्सालय रजहरमा हुनुहुन्छ जसमध्ये ४७ जना कोरोना मुक्त भएर घर फर्किसक्नु भएको छ ।

Posted by 101.6 Vijaya FM on Monday, June 29, 2020

Share.

Leave A Reply