कोटेश्वर मन्दिर शिवालय सेवा समिति गैडाकोट ४ ले धान दिवस मनायो

0

१५ असार । कोटेश्वर मन्दिर शिवालय सेवा समितिले आज गुठीको जग्गामा धान रोपेर धान दिवस मनाएको छ । अध्यक्ष हरिकृष्ण रिमालका अनुसार कोटेश्वर मन्दिर शिवालय गैडाकोट ४ र गोपेश्वर मन्दिर शिवालय गैडाकोट २ वीच लामो समय विवाद हुँदै आइरहेको उक्त खेतमा आधाआधा मा रोपाई गर्ने गरी आज १०० जना महिला पुरुषको सहभागीतामा कार्यक्रम सम्पन्न भएको अध्यक्ष रिमालले बताउनुभयो ।

करिव १८ कठ्ठा रहेको उक्त खेत दुई मन्दिरको आआफ्नो दावीले लामो समय विवादमा छ । तर अहिले आधा आधामा रोपाई गर्नेगरी ९ कठ्ठामा रोपाई गरेर दिवस मनाइएको शिवालय टोल विकास संस्थाका अध्यक्ष कृष्ण प्रसाद पराजुलीले जानकारी दिनुभयो ।

Share.

Leave A Reply