नवलपुरका थप १६ जनाले कोरोना जिते, कुल निको हुनेको सख्या ५६ पुग्यो

0

१५ असार । नवलपुको एक मात्रै कोरोना अस्थायी अस्पतालको रुपमा रहेको सामुदायिक प्राकृतिक चिकित्सालल रजहरमा उपचार गराइरहेका १६ जनाले आज कोरोनालाई जित्नुभएको छ । हिजो मात्रै २३ जनालाई निको भएको अस्पतालबाट आज थप १६ जनामा संक्रमण नभएको पुष्टी भएपछि डिस्चार्ज गरिएको छ ।

योग, ध्यान र प्राकृतिक विधिबाट उपचार जारी हुँदा निको हुनेको सख्यामा पनि वृद्धि हुँदै गएको छ । आज डिस्चार्ज हुनेहरुमा मध्यबिन्दु नगरपालिकाका १ पुरुष, बिनयी त्रिवेणी गाउँपालिकाका १ पुरुष, कावासोती नगरपालिकाका १ महिला सहित ७ जना, बुलिंगटार गाउँपालिकाका ६ पुरुष र धनुषाको नारायणी नगरपालिकाका एक पुरुष पनि निको हुनुभएको हो । आइतबार नै मध्यबिन्दु जिल्ला अस्पतालबाट कावासोती वडा नं. १, देबचुली वडा नं. १५ र बिनयी–त्रिबेणी वडा नं. १ का तीन पुरुष निको भएर घर फर्किएका छन् । जिल्लामा कोरोना निको हुनेको कुल सख्या ५६ पुगेको छ ।

 

यसैविच पूर्वि नवलपरासीमा आज थप दुई जनामा कारोना संक्रमण पुष्टी भएको छ । जिल्ला स्वास्थ्य कार्यालय नवलपुर प्रमुख केशब चापागाईका अनुसार आज बुलिङटारको ३२ जनाको पिसिआर रिपोट आएको मध्ये २ जनाको रिपोट पोजिटिभ आएको हो । यो सँगै पूर्वि नवलपरासीमा कोरोना सङक्मितको सङख्या २२० पुगेको छ ।

Share.

Leave A Reply