मानो रोपेर मुरी फलाउने दिन असार १५

0

माया कंडेल

असार १५, गैंडाकोट
वर्षभरिको खाद्यान्नको जोहो गर्न हिलोमा छिरेका रोपहारहरुले खेत रोप्दै र बाउसेले खेतका गरा सम्माउँदै गर्दा दुःख विर्साउन असारे भाकामा गीत गाउने गर्छन । असार लागे संगै किसानको व्यस्तता पनि बढ्छ । मानो रोपेर मुरी फलाउने दिनका रुपमा चिनिने गरेको असार १५ लाई धान दिवसका रुपमा नै मनाउन थालिएको छ । यसले कृषकमा उर्जा समेत थप्ने गरेको छ । धान दिवसको परम्परागत रुपमा महत्व रहेको  कृषक गोमा चालिसे गिता शर्माको  भनाई छ ।

असारमा दहि च्युरा, साउनमा खाने खीर जस्ता शब्दले पनि यसको महत्व दर्साउछ । असारे भाका गाउदै रोपाई गर्ने पुरानो चलन हो । २०६१ साल असार १५ देखी धान दिवस मनाउन शुरु गरेपनि पहिले असार १५ लाई छुटटै तरिकाले मनाउने गरेको गैंडाकोटकी शारदा शर्मा बताउनुहुन्छ । असार पन्ध पहिले पञ्चेबाजा बजाएर रमाईलो गरेर सबै जम्मा भएर मनाएको सम्झनुहुन्छ ।  धान रोपेर दहि च्युरा खाने पहिले देखिको प्रचलन अनुसार नै मनाईदै भरतपुरका लक्ष्मण सुबेदीको भनाई छ ।
डा.बह्मचारी बलरामले कृषिको माध्यमबाट नै समृद्धि हासील हुने बताउनुभयो ।

गैंडाकोट धान खेतीका लागि उर्वर भुमि रहेको गैंडाकोट कृषि शाखा प्रमुख राजुप्रसाद शर्माले बताउनुभएको छ । उहाँले स्थानीय सरकार आईसकेपछि सिंचाईको विस्तार, मनसुन समयमा शुरु हुनु जस्ता पक्षले धान उत्पादनमा अहिले बृद्धि हुने अपेक्षा गरेको बताउनुभयो ।

त्यसो त स्थानीय सरकार आएपछि कृषकले अझै केही राहतको महशुष गर्न थालेका छन् । गैंडाकोट नगरपालिकाले कृषिलाई प्राथमिकता दिएर नै काम गरेको नगरप्रमुख छत्रराज पौडेल बताउनुहुन्छ । कृषकलाई सहज कृषिका लागि सहज बातावरण बनाउने र कृषिमा आत्मनिर्भर नगर बनाईने पनि उहाँको भनाई छ ।
पहिले पहिले हिलो छ्यापा छ्याप गरेर मनाईने असार पन्ध अर्थात धान दिवस यषवर्ष भने कोरोनाका कारण सामाजिक दुरी कायम गर्दै मनाईएको छ । कृषि नै जिवनको आधार भएकाले हरेक व्यक्तिले कृषक र कृषि पेशाको सम्मान गर्नुपर्छ ।

Share.

Leave A Reply