गैंडाकोटको धान रोपाई (फोटो फिचर)

0

असार १५, गैंडाकोट
आज असार १५ दहि आज राष्ट्रिय धान दिवस । यस दिन नेपाली समाजमा दही च्यूरा खाने दिनका रुपमा पनि प्रचलित छ । मुठी खाएर मुरी उब्जाउने महिनाका रुपका लिइने असार १५ का दिन भने नेपालभर धान दिवस, रोपाइँ यात्रा आदि नामले मनाउने गरिन्छ । कृषि प्रधान देश नेपालका अधिकांश मानिसको पेशा अहिले पनि खेतीपाती नै हो । आज गैंडाकोटका किसानले पनि धान दिवस मनाएका छन । धान रोप्दै खेतमा दहि च्युरा खादा कृषकमा उत्साह छाएको थियो । गैंडाकोट नगरपालिकाले उत्पादन र कृषिलाई महत्व दिने नगरप्रमुख छत्रराज पौडेलले बताउनुभएको छ ।

Share.

Leave A Reply