गैंडाकोटका निजी , सामुदायिक विद्यालयले कक्षा चढाउने नाउँमा भर्ना शुल्क लिन नपाउने

0

डोलराज रानाभाट, १५ असार । गैंडाकोट नगरपालिकाका नगरप्रमुख छत्रराज पौडेलले एक पटक भर्ना भएपछि पुन कक्षा चढाउने नाउँमा पटक पटक शुल्क लिन नपाउने गरी निर्णय भएको जानकारी दिनुभएको छ । विजय एफएमको कार्यक्रम हेल्लो मेयरमा कुराकानी गर्दै उहाँले अव वाट निजी , सामुदायिक विद्यालयहरुले कक्षा पास भएर अर्को कक्षामा जाँदा पुन भर्नाको नाउँमा शुल्क लिइरहेको गुनासो आएपछि नगरको शिक्षा समितिले यो निर्णय गरेको बताउनुभयो ।

अव वाट उक्त शुल्क लिन नपाउने नियमलाई कडाइका साथ लागु गर्ने पौडेलले बताउनुभयो । साथै नगरभित्र जनक शिक्षा सामाग्रीले उत्पादन गरेका किताव वाहेक अन्य पव्लिकेशनको पुस्तक प्रयोगमा कडाई गरिने पनि बताउनुभयो ।

इम्वोष्ट सहित अन्य नाउँमा निजी पव्लिकेशनको किताव कमिशनको आधारमा लागु गरिएको भन्ने गुनासो आएको भन्दै नगरको शिक्षा समितिले अव जनक सामाग्रीका किताव अग्रेजी र नेपाली माध्ययमा प्रयोग गर्नुपर्ने नियमलाई पनि कार्यान्वनयमा ल्याउने बताउनुभयो । नगर शिक्षा समितिले जनक सामाग्रीको वाहेक अन्य कसैले ल्याएको पुस्तकको प्रयोगमा अनुमति नदिएको बताउनुभयो ।

शिक्षा विद्येयक पास गर्न सकेको भए कानुन सम्मत जान सकिने भएपनि त्यसो नभएको उहाँको गुनासो थियो । शिक्षा विद्येयक पास हुन नदिदा नीतिगत रुपमा अघि वढ्न कठिन भएको भएपनि सामुदायिक विद्यालयमा विभिन्न कमिशनको नाउँमा अभिभावकलाइ अप्ठेरो पार्ने गरी अन्य पव्लिकेशनको पुस्तक किन्न लगाएको गुनासो आएको भन्दै कडाई गरिने उहाँको भनाई छ । हिजोसम्म नगरभित्रका सवै सामुदायिक विद्यालयमा वडाअध्यक्ष नै विद्यालय व्यवस्थापन समितिको अध्यक्ष वन्ने नियमानुसार समिति गठन भएको उहाँले बताउनुभयो ।

 

साथै निजी विद्यालयका प्रधानाध्यापकहरुसँग पनि नगर शिक्षा समितिले बैठक वसेर वन्द भएको समयमा कुनै पनि शुल्न नलिने भनेको र उहाँहरुले गत वर्षको फागुन सम्मको वाहेक कुनै शुल्क नलिनेमा सहमत भएको उहाँले बताउनुभयो ।

Share.

Leave A Reply