समुदायमा कोरोना फैलन नदिनेगरी काम गरिरहेका छौँ ः नगरप्रमुख पौडेल

0

१५ असार । गैंडाकोट नगरपालिकाका नगरप्रमुख छत्रराज पौडेलले समुदायमा कोरोना फैलन नदिन सतर्क रहदै सोही अनुसारको काम गरिरहेको बताउनु भएको छ । विजय एफएमको कार्यक्रम हेल्लो मेयरमा कुराकानी गर्दै उहाँले गैंडाकोटमा मात्रै होइन नवलपुरमै समुदाय स्तरमा कोरोना संक्रमण हुन नदिने बताउनुभयो । ”समुदायमा कोरोना जाँदैन नगरप्रमुख पौडेलले भन्नुभयो,“भारतबाट आउनेहरुको पीसीआर परीक्षण गरिसक्यौँ । नगरमा आज २३ जना क्वारेनटाइनमा हुनुहुन्छ । ११ जनाको आज पुन पीसीआर परीक्षण गर्छौँ । त्यस्तै स्वास्थ्यकर्मी, अग्रभागमा रहनुभएका सुरक्षाकर्मी, ट्राफिकको पनि परीक्षण आज गर्दैछौँ । आजको मितिसम्म क्वारेनटाइनमा वस्नेहरु वाहेक कसैमा संक्रमण भेटिएको छैन ।”

समुदायमा परीक्षण नै नगरी कसरी दावी गर्नुहुन्छ भन्ने प्रश्नमा नगरप्रमुख पौडेलले भन्नुभयो,“विदेशबाट आउनुभएका सवैलाई पीसीआर परीक्षण गर्यौँ । नगरवासी कसैलाई पनि अहिले लक्षण देखिएको छैन । लक्षण देखिएमा तुरुन्तै पीसीआर परीक्षण गर्ने गरी तयारीमा छौँ । ”
”अझै पनि हामी ग्रिन जोनमा हौँ,” पौडेलले भन्नुभयो,” स्वास्थ्यकर्मीको खटाइले समुदायमा जान पाएको छैन । उहाँहरु प्रति आभार व्यक्त गर्दछु । ”अहिले नगर आफैले स्वाव संकलन गरी भण्डारण गर्ने सामाग्री सहित जनशक्ति पनि नगरकै रहेकाले पनि संक्रमण रोक्न सहज हुने उहाँको विश्वास थियो । अहिले नगरकै स्वास्थ्य प्राविधिकहरुले स्वाव संकलन गर्नुहुन्छ ।

चितवनमा चिकित्सकलाई समेत देखिदा गैडाकोटमा क्वारेनटाइनमा वस्नेहरुलाई मात्रै देखिएको ले पनि हामी सुरक्षित रहेको तर सतर्क रहनुपर्नेमा उहाँको जोड थियो । होम क्वारेनटाइनमा वस्नेहरुको निगरानी टोल विकास संस्था, वडाअध्यक्ष जनप्रतिनिधि र सुरक्षाकर्मीहरुले गरिरहेको भन्दै डराउनुपर्ने कुनै अवस्था नरहेको पौडेलले प्रष्ट पार्नुभयो । साथै यदि मिडियाकर्मी पत्रकार ले पनि परीक्षण गर्न आवश्यक परे पीसीआर परीक्षणको सुविधा उपलब्ध गराउन आफू तयार रहेको बताउनुभयो ।

 

कार्यक्रम हेल्लो मेयर

Posted by 101.6 Vijaya FM on Sunday, June 28, 2020

 

Share.

Leave A Reply