कावासोती १६ मा दुर्घटना, एकको अवस्था गम्भीर

0

१४ असार । नवलपुरको कावासोती १६ स्थित पुर्व–पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको अवस्था गम्भी रहेको छ । पश्चिमबाट पुर्व तर्फ आउदैँ गरेको प्र.२–०३–००७ प १९८९ नम्वरको मोटरसाइकल आफै अनियन्त्रित भई पल्टदाँ पर्सा जिल्ला पटेर्वा सुगौली गा.पा.–२ बस्ने वर्ष अन्दाजी ३० को रियाज खाँन घाइते हुनुभएको हो । उहाँको टाउको, हात र खुट्टामा चोट लागेको र मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा सामान्य उपचार पश्चात अहिले गम्भीर अवस्थामा पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचार भइरहेको सुचना अधिकृत प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले जानकारी दिनुभयो ।

Share.

Leave A Reply