नवलपुरका विभिन्न स्थानीय तहका २६ जनाले कोरोना जिते, आजै डिस्चार्ज

0

१४ असार । नवलपुर जिल्लाका विभिन्न स्थानीय तहका २६ जना कोरोना संक्रमित आज डिस्चार्ज भएका छन् । रजहरको प्राकृतिक चिकित्सालयमा उपचाररत २३ जना र मध्यविन्दु जिल्ला अस्पतालमा उपचाररत ३ जनाले कोरोना भाइरसलाई परास्त गर्दै घर फर्कनुभएको हो ।

प्राकृतिक चिकित्सालयबाट मध्यबिन्दु ६,७,८, ९ र ११ का १० जना, कावासोती ३ का १ जना र हुप्सेकोटका २,४,५र ६ का २ का १२ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएपछि आज डिस्चार्ज गरिएको हो । त्यस्तै मध्यबिन्दु जिल्ला अस्पतालमा रहेका ४ मध्ये ३ जना देवचुली १५ का, कावासोती वडा नं. १ का र बिनयी–त्रिबेणी वडा नं. १ का गरी ३ जना पुरुषलाई डिस्चार्ज गरिएको हो । अव जिल्ला अस्पतालमा देबचुली ११ का एक जना आईशोलेशनमा छन् । यो सहित नवलपुरबाट डिस्चार्ज हुनेको संख्या ४० पुगेको छ भने संक्रमित हुनेको संख्या २ सय १८ छ ।

अव प्राकृतिक चिकित्सालयको आईशोलेशनमा १७९ जना छन् । जसमध्ये १ जना स्याङजाका र १ जना तनहुँका पनि रहेका छन् ।

Share.

Leave A Reply