नारायणी माविको विद्यालय व्यवस्थापन समिति गठन, अध्यक्षमा उपाध्याय

0

१४ असार, गैंडाकोट । गत वैषाख २४ गतेको नगर शिक्षा समितिको निर्णय एवं असार ४ गतेको सर्वोच्च अदालतको निर्णय अनुसार नारायणी माध्यमिक विद्यालयमा गैंडाकोट नगरपालिका वडा नं ७ का वडा अध्यक्ष चोलानाथ उपाध्यायको अध्यक्षतामा आज विद्यालय व्यवस्थापन समिति गठन भएको छ । नव गठित समितिको सदस्यमा निवर्तमान अध्यक्ष गंगा बहादुर पाण्डे ,वडा समितिबाट मनोनित महिला सदस्य उमादेवी सापकोटा ,चन्दादाता तथा शिक्षाप्रेमी बाट विशेष चन्दादाता पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष बालुराम कुमाल र सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक मिलन श्रेष्ठ सदस्य सचिवमा रहनुभएको सहायक प्रधानाध्यापक जगन्नाथ उपाध्यायले जानकारी दिनुभएको छ ।

Share.

Leave A Reply