गैंडाकोटका शैक्षिक संस्थाहरुले विद्यालय नखुल्दाको शुल्क लिए कडा आन्दोलन गर्ने नेविसघ गैडाकोटको चेतावनी

0

१४ असार, गैंडाकोट । नेपाल विद्यार्थी संघ पालिका समन्वय समिति गैंडाकोटले नगरप्रमुख छत्रराज पौडेललाई ज्ञापन पत्र वुझाएको छ । कोभिड १९ को संकटकालिन अवस्थामा पनि भर्ना र अनलाईनको नाउँमा विद्यार्थी र अभिभावक सँग शुल्क असुल गर्न लागेको भन्ने गुनासो वढ्दै जाँदा यसलाई रोक्न आग्रह सहित आज ज्ञापन पत्र वुझाइएको सह संयोजक विना सुवेदीले जानकारी दिनुभयो ।

संयोजक रमेश कोइरालाद्धारा हस्ताक्षरित ज्ञापन पत्रमा संकट्को बेला बिद्यार्थीहरु र अभिभावकहरु लाई असह्य र पिडादायी अवस्थाहरु सिर्जना गराइएको भन्दै गैंडाकोट नगरपालिका भित्रका विभिन्न शैक्षिक सस्थाहरुले अनलाइन कक्षा र भर्नाको नाममा शुल्क लिने भनी सुन्न आएको गुनासो प्रति नेपाल बिद्यार्थी संघ गैंडाकोट नगर समन्वय समितिको गम्भीर ध्यानाकर्षण भएको भनिएको छ ।

राष्टियता,लोकतन्त्र ,समाजबाद र बिद्यार्थी एकता लाई आफ्नो मुल मन्त्र मान्दै आफ्नो स्थापना काल देखि नै ब्यवस्था परिवर्तन र वर्गीय हितको लागि अनवरत रूपमा नेतृत्व गरिरहेको भन्दै नेविसघले मानव सभ्यता नै आफ्नो अस्तित्वका निम्ति लडिरहेको संकट्ग्रथ अवस्थामा लामो समय देखि बिद्यार्थीहरु लकडाउनका कारण घरमै सिमित भएर बस्नुपरेको , मुखमै आएका विभिन्न परिक्षाहरु स्थगित भएर तनाव ,दबाब त्रास एक साथ झेलिरहेका बेला शुल्क उठाउने, भर्ना गर्ने जस्ता गुनासा आएको भन्दै तत्काल यसलाई रोक्न नगरप्रमुखसँग आग्रह गरिएको छ ।

संयोजक कोइरालाले शिक्षा मन्त्रालयले नै अर्को निर्णय नआउदासम्म कुनै पनि वहानामा शुल्क नलिन भनेकाले शैक्षिक सस्था नखुलुन्जेल सम्मको अवधी भरका कुनै प्रकारको शुल्क नतिर्न सम्पूर्ण अभिभावकहरुलाई आव्हान गर्नुभयो । यदि यही अवस्थामा पनि शुल्क लिएको थाहा पाइएमा कडा रूपमा उत्रने ज्ञापनपत्र मार्फत चेतावनी दिइएको छ । ज्ञापनपत्र ग्रहण पछि नगरप्रमुख छत्रराज पौडेलले नगरभित्र नियमविपरितका कुनै पनि कार्य हुन नदिने प्रष्ट पार्नुभयो ।

 

ज्ञापन पत्र वुझाउने कार्यक्रममा नेविसंघका जिल्ला सचिव सुशिल काफ्ले, वडासदस्य प्रकाश सापकोटा, नेविसंघका जिल्ला सदस्यहरु श्याम वन,गणेश सापकोटा, सन्देश पराजुली,नेविसघका नेताहरु नरायण सापकोटा, सतिश न्यौपाने, नगर सदस्यहरु कुशल सापकोटा, पवन कार्की, विनोद गिरी,युवराज काफ्ले सहित विभिन्न कलेजका इकाई अध्यक्षहरुको सहभागीता थियो ।

Share.

Leave A Reply