सरकारी गाडीको दुरुपयोग नगरेको उपमेयर कडेँलको भनाई, क्वारेनटाइन अनुगमन गर्न जाँदा आशिर्वाद दिन पुगेको प्रष्टोक्ति

0

१४ असार । गैंडाकोट नगरपालिकाकी उपप्रमुख विष्णु कुमारी कडेँलले आफूले सरकारी गाडीको दुरुपयोग नगरेको प्रष्ट पार्नुभएको छ । हिजो अषाढ १३ गतेको घटनालाई लिएर विभिन्न अनलाईन संचारमाध्यमममा समाचार प्रकाशित गरेर तथा विभिन्न व्यक्तिले सामाजिक संजालमा लेखेर अतिरञ्जित गर्न खोजेको प्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाउनुभएको छ ।

उप प्रमुख कडेँलले आज प्रेस विज्ञप्ती जारी गर्दै सरकारी साधन स्रोतको सदुपयोगका सन्दर्भमा आफू सधैँ सचेत रहेको बताउनुभयो । कोरोना महामारीका वीच ३ महिनासम्म स्वास्थ्यकर्मी लान ल्याउन, स्वाव संकलन देखि स्वाव परीक्षणका लागि समेत आफूले प्रयोग गर्दे आएको गाडि दिएर यो वीचमा आफू निजी सवारीमै हिँडेको बताउँदै घटनाको कुनै एक अंशलाई मात्र चित्रण गर्दै वदनियत गर्ने उद्देश्यले समाचार तथा सामाजिक संजालमा लेखिएको बताइएको छ ।

शनिबारका दिन पनि आफू अमरापुरीको लक्ष्मी माध्यामिक विद्यालयमा रहेको क्वारेण्टीनको स्थलगत अनुगमनका क्रममा जाँदा वैवाहिक कार्यक्रमको निम्तोलाई स्वीकार गर्दै वरवधुलाई आशिर्वाद दिन मात्रै पुगेको सत्य भएको तर वैवाहिक कार्यक्रममा जन्तिसहित, जन्तिको नेतृत्व गर्दै पुगेको भन्ने सरासर झुठ भएको विज्ञप्तीमा भनिएको छ ।

 

गैँडाकोट १७ स्थीत एक रेडहाउस होटलमा भएको वैवाहिक कार्यक्रममा नगरकै कामका लागि पुगेको बेला आशिर्वादका लागि भेटघाट गरि छोटो समयमा बसेर बाहिरिएको र जनतासँग आफूले कुनै विवाद नगरी सामाजिक दुरीको ख्याल राख्दै वैवाहिक कार्यक्रम गर्न सुझाब प्रदान गरेर आफू निस्कीएको विज्ञप्तीमा भनिएको छ ।

Share.

Leave A Reply