कोरोना सङ्क्रमितको सङ्ख्या विश्वमा एक करोड नाघ्यो, ५ लाघ वढिको मृत्यु

0

१४ असार । चीनको वुहान शहरबाट सन् २०१९ डिसेन्वरबाट सुरु भएको भनिएको कोभिड १९ कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या विश्वमा एक करोड नाघेको छ ।

अहिलेसम्म एक करोड ८१ हजार ५२२ जनमा कोरोना सङ्क्रमण पुष्टि भएको वल्डोमिटर डट इन्फोले जनाएको छ । यस्तै ज्यान गुमाउनेको सङ्ख्या ५ लाख १ हजार नाघेको छ । सङ्क्रमितमध्ये ५४ लाख ५८ हजारभन्दा बढी उपचारपछि निको भएर घर फर्किएका छन् । अमेरिकामा २५ लाख ९६ हजारभन्दा बढी सङ्क्रमितमध्ये एक लाख २८ हजारभन्दा १ सय बढीको ज्यान गएको छ । अमेरिकामा १ लाख ८१ हजार ४ सय भन्दा बढी निको भएका छन् । दोस्रो स्थानमा रहेको ब्राजिलमा संक्रमितको संख्या १३ लाख १५ हजार ९ सय भन्दा बढी रहेका छन् । ५७ हजार १ सय भन्दा बढीको ज्यान गएको छ ।

७ लाख १५ हजारभन्दा बढी निको भएका छन् । चौथो स्थानमा रहेको भारतमा ५ लाख २९ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । १६ हजार १ सय भन्दा बढीको ज्यान गएको छ । भारतमा ३ लाख १० हजार १ सय भन्दा बढी उपचारपछि निको भएका वल्डोमिटर डट इन्फोको तथ्याङ्कमा उल्लेख छ ।

Share.

Leave A Reply