ठूलो क्षती पुर्याउने गरी सलह भित्रिएको छैन, झुण्ड व्यवस्थापनको योजना वन्दै छः हुमागाई (पुरा कुराकानी सहित)

0

डोलराज रानाभाट, १४ असार, गैंडाकोट । कृषि तथा पशुपक्षि विकास मन्त्रालय अन्तर्गत सलह व्ययवस्थापन सम्वन्धि कार्यदलका संयोजक सहदेव प्रसाद हुमागाईले भारतबाट हिजो मात्रै नेपालमा सलह भित्रएको बताउनुभएको छ ।

यो फट्याङ्ग्रा प्रजातिकै किरा भएको र भारतबाट झुण्ड झुण्डमा मात्रै नेपाल पसेको भएर ठूलो क्षती नपुर्याउने प्राम्भिरिक अनुमान गरिएको बताउनुभएको छ । विजय एफएमको कार्यक्रम आजको सवालमा कुराकानी गर्दै हुमागाईले आफ्नो संयोजकत्वमा रहेको यस अघिको कार्यदलले नेपाल सलहका लागि उपयुक्त वातावरण नभएकाले तत्काल प्रवेश नगर्ने बताइएपनि भविष्यका लागि सचेत हुनुपर्छ भन्ने प्रतिवेदान आफूहरुले सरकारलाई वझुाएको जानकारी दिनुभयो ।

तर अहिले असमान्य तरिकाले सलहको प्रवेश भएको भन्दै यसको व्यवस्थापनमा विषादी भन्दा अन्य रचनात्मक विधिहरु अपनाएर सलह लखेट्न सुझाव दिनुभएको छ । यसमा पर्याप्त प्रोटिन हुने हुँदा रातिको समय थपक्क वस्ने यसको प्रकृति भएकाले समातेर हाँस, कुखुरालाई खुवाउन सकिने बताउनुभयो । यसले मरुभूमिमा मात्रै प्रजनन् गर्न सक्ने भन्दै यसरी समातेर नियन्त्रण गर्दा सख्या घट्न ठूलो मद्दत मिल्ने बताउनुभयो । सलह प्रवेश हुनु असमान्य परिस्थिती भएको भन्दै नेपालको पश्चिम क्षेत्रका किसानहरु अव सचते हुन आग्रह गर्नुभयो । तराईमा हिजो नै आएर पहाडतर्फ लागेको भन्दै यसको वसाई कति समय हुन्छ भने थप अध्ययन र व्यवस्थापनको विषयमा आज बैठक वसेर निर्णय गर्ने उहाँको भनाई छ ।

अफ्रिकनको नेटिभ किरा रहेको यो मरुभूमिमा अण्डा पार्छ । १० देखि १२ सेमि तल अण्डा पार्ने र उपयुक्त मौसम अनुसार १० देखि १२ दिनमा यसको वच्चा जन्मन्छ । यो हावाको विपरित दिशामा जादैन । वथान नै छिरेको भए कृषिमा ठूलो क्षती हुने भन्दै हुमागाईले अहिले सम्म भैरहवाको झुण्ड केही ठूलो भएपनि अन्य ठाउँमा डेढ लाखको हाराहारीमा रहेको अनुमान गरिएको छ । अहिले व्याड रहेको धेरै किसानहरुले त्यहाँ जालीहरुले ढाक्ने,, व्याडलाई कुर्ने,,थाल ठटाएर , मानिस कराएर, धुवाँले बालेर हटाउन सकिने भएको छ ।

सलह के हो ? यसको व्यवस्थापनका लागि सरकारी तयारी के छ ?

Posted by 101.6 Vijaya FM on Saturday, June 27, 2020

Share.

Leave A Reply