सलह किरा समातेर वुझाए एक किलोका २० रुपैया दिने प्रदेश ५ को घोषणा

0

१४ असार । भारत हुँदै नेपालको तराई र अहिले पहाडी क्षेत्रमा समेत प्रवेश गरिसकेको सलह किरा समातेर वुझाए प्रति किलो २० रुपैया दिने प्रदेश ५ सरकारले घोषणा गरेको छ ।

असार १३ गतेका भारतबाट सलह किराको ठूलो झुण्ड प्रदेश नं. ५ को रुपन्हेहीबाट प्रवेश भई तराई तथा मध्य पहाड क्षेत्रको खेतवारीमा लगाएका वालीनालीलाई व्यापक क्षति गरी कृषि क्षेत्रमा प्रतिकूल असर पार्ने अवस्था देखिएको ले जनतालाई प्रोत्साहन हुने र सलह नियन्त्रणमा थप वल पुग्ने भएकाले यो निर्णय गरिएको मुख्यमन्त्री शंकर पोखरेल बताउनुभयो । यो किरा कुनै ठाउ विशेषमा स्थिर रहेर नवस्ने स्वभावको भएको कारणले केही दिन आफ्नो खेतवारीको निगरानी गर्न पनि सुझाव दिइएको छ ।

 

अहिले धानको रोपाइ भईरहेकोले अझै धानको व्याड राखिएको अवस्था भएमा उक्त व्याडलाई कपडा वा प्लाष्टिकले छोपेर सुरक्षित राख्न उचित हुने ,सलह किरा नियन्त्रणका लागि खेतवारीमा धुवाउने, आगो बाल्ने, तत्काल उपलव्ध हुने विभिन्न माध्यमबाट ठुल्ठूला आवाजहरू निकाल्ने, लामा डोरीहरू खेतवारीको वारपार टाँगेर दुवैबाट बालीनालीका बोटहरू हल्लाइदिने, हास तथा चराहरूलाई किरा खान वातावरण तयार गर्ने, सलह उडनु अघि सवेरै विहान बाली खानुभन्दा पहिलै खेतबारीबाट सलहलाई धपाउने, प्रभावित क्षेत्रका कृषकहरूलाई सलह किरा संकलन गरी पशुपंछी तथा मत्स्य दानाको रुपमा प्रयोग गर्ने, पातमा जैविक विषादी वा गन्ध आउने वा टासिने वस्तु प्रयोग गर्ने, झूल र जालमा छोप्ने आदि कार्यहरु गरी सलहबाट हुने क्षतिलाई कम गर्न सकिन्छ।

 

अन्तिम विकल्पको रुपमा विषादी प्रयोग गर्न उचित हुन्छ। सामाजिक संजाल मार्फत पोखरेलले भन्नुभयो,“प्रदेश सरकारले सलह किरा छोपेर वुझाउनेलाई प्रोत्साहन स्वरुप रु २० दिने निर्णय पनि गरेको छ । वसेको वेलामा सजिलै समात्न सकिन्छ । केही दिनको सतर्कता र सचेत पहलकदमीवाट सलहको प्रकोपवाट वालिनाली जोगाउन सकिन्छ ।”

Share.

Leave A Reply