सवारी दुर्घटनामा न्युज २४ का संवाददाता कृष्ण वावुको निधन

0

१४ असार । सवारी दुर्घटनामा परी न्युज २४ का संवाददाता २८ वर्षीय पत्रकार कृष्ण बाबुको निधन भएको छ । रुपन्देहीमा रहेर रिपोर्टिङ गर्ने उहाँ सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल भैरहवा सडक खण्डको तिलोत्तमा १ ड्राइभर टोलमा मध्यराती भएको सवारी दुर्घटनामा उहाँको मृत्यु भएको हो । बुटवलदेखि आफ्नो घर ड्राइभर टोलतर्फ जाँदैगर्दा बा ७ च ६९५९ नम्बरको आफैले चलाएको गाडी दुर्घटनामा परेको थियो । घाईते उहाँको बुटवलको चौराहा अस्पतालमा उपचारका लागि लगिदा उपचारकै क्रममा शनिबार राती करिब १ बजे अस्पतालमा ज्यान गएको हो । सडक किरानाको फलामे बारमा एक्कासी ठोक्कीन पुग्दा दुर्घटना भएको थियो । विगत एक दशकदेखि रुपन्देहीमा रहेर सञ्चार क्षेत्रमा आवद्ध कृष्ण बाबु कलाकार समेत हुनुअुन्थ्यो ।

Share.

Leave A Reply