देवचुली नगरपालिकामा ६ जनामा कोरोना संक्रमण पुष्टी, गण्डकी प्रदेशमा ८ सय ५४ जनामा संक्रमण

0


माया कंडेल
असार १३ , भरतपुर
देवचुली नगरपालिकामा ६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता विनोद विन्दु शर्माका अनुसार देवचुलीका ३ महिला र ३ पुरुषमा संक्रमण पुष्टी भएको हो । देवचुलीका ३४, २२ र २५ बर्षका ३ जना महिला र ३१, ३२ र ३२ बर्षका ३ जना पुरुषमा कोरोना पोजेटिभ देखिएको हो । यस्तै आज नै पोखरामा ५ जना ३७, ३५, ४०, ३० र ३३ बर्षका महिला मा , स्याङजामा ३७ , ५३, २७, ४२ र १७ बर्षका ५ जना पुरुषमा संक्रमण पुष्टी भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता विनोद विन्दु शर्माले जानकारी दिनुभएको छ । यो संगैं गण्डकी प्रदेशमा ८ सय ५४ जनामा संक्रमण देखिएको जनाईएको छ ।

Share.

Leave A Reply