सामाजिक विकासमा नारायणी सामुदायिक वनको लगानी

0


प्रेम क्षेत्री,
असार १३, गैंडाकोट । नारायणी सामुदायिक वन उपभोक्ता समूह गैंडाकोटले सामुदायिक तथा सामाजिक विकासका लागि आर्थिक सहयोग गरेको छ । आफ्नो कार्यक्षेत्रभित्र रहेका गरिब विपन्नका लागि विभिन्न कार्यक्रम अघि सार्दै टोल विकास संस्था, विद्यालयलाई सामाजिक विकास कोष लगानी अन्र्तगत सहयोग रकम समेत हस्तान्तरण गरेको वनका अध्यक्ष दिनानाथ त्रिपाठीले जानकारी दिनुभयो ।
शनिबार एक समारोहका बीच नारायणी मावि गैंडाकोट ७ को अक्षय कोषका लागि १ लाख ५० हजार र गरिव विपन्न विद्यार्थीहरुलाई कोचिङ क्लासका लागि १ लाख ५० हजार हस्तान्तरण गरिएको हो । त्यस्तै वनको कार्य क्षेत्रभित्र रहेका १० वटा टोल विकास संस्थालाई सामाजिक विकासका लागि ४ लाख ७५ हजार रुपैयाँ प्रदान गरिएको छ । गैंडाकोट ६ को सृजनशिल टोल विकास संस्था, वडा नम्बर ९ का जयश्री टोल विकास संस्था, बाँधखोला टोल विकास संस्था, जैनटार टोल विकास संस्था र थुम्सी बजार टोल विकास संस्थालाई ५० हजारका दरले, गैंडाकोट ७ का हरिहर टोल विकास संस्था, पिसपार्क टोल विकास संस्था, शक्ति टोल विकास संस्था, सफल टोल विकास संस्था र पिपलटार टोल विकास संस्थालाई ४५ हजारका दरले प्रदान गरिएको वनका सचिव उमाकुमारी पाण्डेले जानकारी दिनुभयो ।
त्यसैगरि गरिब विपन्न परिवारका लागि ३ वटा घर निर्माण गरिने पनि उहाँले जानकारी दिनुभयो । गरिव विपन्न घरधुरीका लागि २७ वटा धारा वितरण कार्य अघि वढाईएको छ । खानेपानी संस्थासँगको सहकार्यमा धारा जडान कार्य अघि वढाईएको उहाँको भनाई छ ।
सहयोग रकम हस्तान्तरण गर्दै प्रमुख अतिथि गैंडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेलले वनको यस कार्यको प्रशंसा गर्नुभयो । सामाजिक विकास र गरिब विपन्नको उत्थानमा लाग्न आग्रह गर्दै उहाँले वन क्षेत्रको हाईटेन्सन विद्युत लाईन रहेको क्षेत्रमा कागती लगायतका साना विरुवा लगाई उत्पादनमुखी बनाउन आग्रह गर्नुभयो ।


विशिष्ट अतिथि सामुदायिक वन उपभोक्ता माहासंघ गण्डकी प्रदेशका उपाध्यक्ष खगराज सापकोटाले नारायणी वनले सामुदायिक विकासमा पु¥याएको योगदान अतुलनिय रहेको बताउनुभयो । त्यस्तै गैंडाकोट ९ का वडा अध्यक्ष प्रेमप्रसाद सापकोटाले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्दै गरिब विपन्नलाई यसले ठुलो राहत मिल्ने बताउनुभयो । कार्यक्रममा गैंडाकोट ६ का वडाअध्यक्ष लक्ष्मिप्रसाद सापकोटा, ७ का वडा सदस्य ईश्वरीप्रसाद चापागाई लगायतको उपस्थिती रहेको थियो ।
वनका सचिव उमादेवी पाण्डेले सहजिकरण गर्नुभएको सो कार्यक्रममा वनका कोषाध्यक्ष नेत्रराज सापकोटाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । नारायणी सामुदायिक वनका अध्यक्ष दिनानाथ त्रिपाठीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

Share.

Leave A Reply