भरतपुर अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु, संक्रमित कैलालीका

0

 

माया कंडेल
असार १३ , भरतपुर

भरतपुर अस्पतालमा आज एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । गोदावरी नगरपालिका, लालपुर कैलाली निवासी ५० वर्षका पुरुषको कोरोनाको कारणले मृत्यु भएको भरतपुर अस्पतालले जनाएको छ । लामो समयदेखि फोक्सोको क्यान्सरको समस्या तथा हाल कोभिड १९ को संक्रमणका कारण आज बिहान ७ बजे अस्पतालमा निधन भएको अस्पतालले जनाएको छ। उहाँलाई कोभिड १९ देखिएपछि चितवन मेडिकल कलेजबाट भरतपुर अस्पतालमा मिति यहि ११ गते राति १०बजे स्थानान्तरण गरिएको थियो। चिकित्सक तथा स्वास्थ्यकर्मी को प्रत्यक्ष निगरानी र अथक प्रयासमा उपचार गर्दा गर्दै मृत्यु भएको अस्पतालले जनाएको हो । साथै यस अघि पनि कोभिड १९ का कारण जेठ २७ गते ६८ वर्षीय पुरुषको निधन भएको थियो।

Share.

Leave A Reply