अमेरिकामा कम्तीमा दुई करोडमा कोरोना भइसकेको अनुमान, संक्रमितको संखया १० गुणा बढ्न सक्ने

0

स्वास्थ्य अधिकारीहरूले अमेरिकामा कम्तीमा दुई करोड मानिसमा कोरोना भाइरस संक्रमण भइसकेको हुनसक्ने अनुमान गरेका छन् ।

सेन्टर्स फर डिजिजेज् कन्ट्रोल ९सीडीसी०ले संक्रमितको वास्तविक संख्या अहिले पुष्टि भएका संक्रमणभन्दा १० गुणा बढी हुनसक्ने जनाएको छ ।

संक्रमित र अस्पताल भर्ना हुनेहरूको संख्या बढेपछि टेक्सस राज्यले पूर्ण रूपमा खुला गर्ने आफ्नो योजनालाई स्थगित गरेकै बेला यस्तो कुरा बाहिर आएको हो ।

अमेरिकामा संसारकै सबैभन्दा बढी २४ लाख जनामा संक्रमण देखिएको छ । त्यहाँ हालसम्म एक लाख २२ हजार ३ सय ७० जनाको ज्यान गइसकेको छ ।एजेन्सी

Share.

Leave A Reply