पूर्वी नवलपरासीमा संक्रमित २ सय १२ पुग्यो, हुप्सेकोटमा दुई थपिए

0

नवलपरासी, १२ असार ।

पूर्वी नवलपरासीमा कोभिड १९ को संक्रमितको संख्या २ सय १२ जना पुगेको छ ।
जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईका अनुसार भरतपुरको प्रयोग शालामा गरिएको परीक्षणमा विहीबार राति पुष्टि भएका कावासोती नगरपालिकाको १४ जना, गैडाकोट नगरपालिकाको ७ जना र काठमाडौंमा गरिएको परीक्षणमा हुप्सेकोटका २ जना थपिएसँगै नवलपुरमा संक्रमितको संख्या २ सय १२ जना पुगेको हो ।
कावासोती नगरपालिकाले संकलन गरेर पठाएको ६६ जनाको स्वाबको पिसिआर रिपोर्ट मध्ये १४ जनामा संक्रमण पुष्टि भएको हो । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले पनि शुक्रबार विहान विज्ञप्ति जारी गर्दै नवलपुरमा २१ जना थपिएको पुष्टि गरेको छ ।
भरतपुर अस्पतालले दिएको जानकारी अनुसार कावासोती नगरपालिकाको २ महिला र १२ जना पुरुष गरी १४ जनामा कोरोना भाइरस पुष्टि भएको हो ।
कावासोती नगरपालिकाकी ३७ र २५ बर्षीया दुई महिला, २४, २४, ३०, ३५, २२, १८, २९, ५८र १८ बर्षीय १२ जना पुरुषमा संक्रमण देखिएको भरतपुर अस्पतालले जनाकारी दिएको छ । यो सहित कावासोती नगरपालिकामा संक्रमितको संख्या ३० पुगेको छ ।
त्यसैगरी पूर्वीे नवलपरासीको गैडाकोट नगरपालिकामा विहीबार राति ७ जना नयाँ संक्रमित थपिएका छन् ।
गैडाकोट नगरपालिकाको १८ जनाको संकलित स्वाबको पिसिआर परीक्षण गर्दा विहीबार ७ जना पुरुषमा कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएको भरतपुर अस्पतालले जनाएको छ ।
गैडाकोट नगरपालिकाका ५३, ३४, २३, २५, ५२, ५२ र २५ बर्षीय गरी ७ जना पुरुषमा संक्रमण देखिएको हो । यो सहित गैडाकोट नगरपालिकामा संक्रमितको संख्या १८ पुगेको छ ।
शुक्रबार विहान काठमाडौंबाट प्राप्त रिपोर्ट अनुसार हुप्सेकोट गाउँपालिकाको ५ जनाको पिसिआर परीक्षण गर्दा २ जनामा पोजेटिभ देखिएको चापागाईले बताए । हुप्सेकोटमा थपिएको दुवै जना पुरुष हुन् ।
त्यसैगरी बिहीबार दिउँसो विनयी त्रिवेणीमा १ जना महिला र ४ जना पुरुषमा संक्रमण देखिएको थियो ।
पूर्वी नवलपरासीमा अहिलेसम्म गैडाकोट नगरपालिकामा १८, कावासोती नगरपालिकामा ३०, देवचुली नगरपालिकामा ९, मध्यविन्दु नगरपालिकामा ४२ जना संक्रमित पुगेका छन् ।
त्यसैगरी विनयी त्रिवेणी गाउँपालिकामा १८, हुप्सेकोट गाउँपालिकामा ३४, बुलिङटार गाउँपालिकामा २७ र बौदीकाली गाउँपालिकामा ३४ जना संक्रमित पुगेका छन् ।

Share.

Leave A Reply