ठेगाना ढाँट्दा समस्या, गैंडाकोट १३ का ४ नभई १ मात्रै, वाँकी ३ गैडाकोट ३ का संक्रमित

0

१३ असार । क्वारेनटाइनमा वसेको समय अर्कै ठेगाना र रिपोर्ट आएपछि अर्कै ठेगाना दिएका कारण समस्या भएको छ । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलका अनुसार आज थप भएका ७ कोरोना संक्रमित मध्ये यस अघि गैंडाकोट १३ का ४ जना भनिएकोमा ३ जना गैंडाकोट ३ का रहेका छन् । यसरी गैंडाकोट १ का ५३ वर्षीय, गैडाकोट १३ का ३४, गैडाकोट ३ का २३,३५ र ५२ वर्षीय र गैंडाकोट ५ का ५२ र २५ वर्षीयमा संक्रमण पुष्टी भएको पौडेलले जानकारी दिनुभयो । क्वारेनटाइनमा वस्दा अर्कै ठेगाना दिएकाले रिपोर्ट पनि यस अघिको ठेगाना उल्लेख भएको पौडेलको भनाई छ । तर अहिले रजहर स्थित कोरोना अस्थायी अस्पताल लैजाने समय वास्तविक ठेगाना बताएको भन्दै पौडेलले ठेगाना फरक दिँदा अभिलेखमा समस्या भएको बताउनुभयो । आज थप संक्रमितमा कुनै पनि लक्षण देखिएको छैन । सवैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने गैंडाकोट ५ का एक २५ वर्षीय पुरुषको घर सिल गरेर परिवारका सवै सदस्यहरु हरुलाई सुरक्षित रहन आग्रह गरिएको छ ।

Share.

Leave A Reply