गैंडाकोटका थप ७ जनामा कोरोना संक्रमण पुष्टी, नगरमा १८ र जिल्लामा २१० पुग्यो

0

डोलराज रानाभाट,१२ असार । गैंडाकोट नगरपालिकाका ७ जनामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलले जानकारी दिनुभयो । नगरपालिबाट पठाइएको १८ स्वाव मध्ये ५३,३४,२३,३५,५२,५२,२५ वर्षीय ७ जना पुरुषमा संक्रमण पुष्टी भएको हो ।

गैंडाकोट १ का ५३ वर्षीय, गैडाकोट १३ का २३,३४,३५ र ५२ वर्षीय तथा गैडाकोट ५ का ५२ र २५ वर्षीयमा संक्रमण पुष्टी भएको पौडेलले जानकारी दिनुभयो । उहाँहरु सवै क्वारेनटाइनमा रहनुभएको हो । अहिले रजहर स्थित कोरोना अस्थायी अस्पताल लगिदै छ । यस सँगै नगरपालिकामा कोरोना संक्रमितको सख्या १८ पुगेको छ भने गैडाकोट १ का ३३ वर्षीय एक पुरुष भने संक्रमण निको भएर घर फर्किसक्नुभएको छ । ६ जना जनक कलेजको क्वारेनटाइनमा र एक जना दिल्लीबाट आई होम क्वारेनटाइनमा वस्दै आउनुभएका व्यक्तिमा संक्रमण पुष्टी भएको पौडेलले बताउनुभयो ।  चिकित्सा अध्ययन र परीक्षाका लागि भारतको दिल्ली गएर फर्किनुभएका व्यक्ति होम क्वारेनटाइनमा वस्दै आउनुभएको थियो । आफै चिकित्सक क्षेत्रको भएकाले पनि होम क्वारेनटाइन व्यस्थित रहेको पौडेलेको भनाई छ ।

यता कावासोती नगरपालिकाकी ३७,२५ वर्षीय २ महिला सहित २४,२४,३०,३३,३०,३५,२२,१८,२९,५८,३५,१८ वर्षीय १२ पुरुष गरि जम्मा १४ जनामा हिजो नै संक्रमण पुष्टी भएको छ । यस सँगै जिल्लामा संक्रमितको सख्या २१० पुगेको छ ।

सक्रमित थपिदै जाँदा जिल्लामा लकडाउन भने धेरै फितलो रहेको छ । त्यस्तै माडी नगरपालिका बाट ४९,६३,२६,४५,५२,१७,२५,२०,१७ वर्षीय गरि जम्मा पुरुष ९ जना,चितवन मेडिकल कलेजमा उपचाररत गोदावरी (०७ का ५० वर्षीय पुरूष १ जना,भरतपुर महानगरपालिका(१६ का २१ वर्षीय १ पुरूष , भरतपुर महानगरपालिका(१५ कि ३७ वर्षीय महिला १, रत्ननगर नगरपालिका(०४ की २७ वर्षीय महिला १ गरी ३४ जनामा संक्रमण देखिएको हो । हिजो २१४ वटा स्वाव परीक्षण गरिएकोमा ३४ जनामा कोभिड १९ पुष्टी भएको भरतपुर अस्पतालले जानकारी दिएको छ ।

माडी नगरपालिकाको २९, गैंडाकोट नगरपालिकाको १८,कावासोती नगरपालिकाको ६६,भरतपुर अस्पतालको ११,भरतपुर महानगरपालिकाको २४,सेन्ट्रल हस्पिटलको १,नेसनल सिटी हस्पिटलको १,सी.एम.सीको ०७,सी.ओ.एम.एसको १४,खैरेनी नगरपालिकाको १२,रत्ननगर नगरपालिकाको १०, भरतपुर क्यान्सर अस्पतालको २१ स्वाव परिक्षण गरिएको हो । वांकी १८० नमुनाको नतिजा नेगेटिभ रहेको भरतपुर अस्पतालले जनाएको छ ।

Share.

Leave A Reply