आमाको बाटो हेर्दै २ वर्षिय बालक

0


असार ११, बुलिङटार ।
बुलिङटारकी १९ वर्षिया एक महिला एक हप्तादेखी सम्पर्कविहिन बनेकी छन् ।

बुलिङटार गाउँपालिका वडा नम्बर १ खामबेशीकी १९ वर्षिया उर्मिला आलेमगर एक हप्तादेखी सम्पर्कमा नरहेको पारिवारजनले बताएका छन् । पारिवारिक खटपटका कारण घर छाडेर हिंडेको र उनि हालसम्म पनि सम्पर्कमा नआएको उनका श्रीमान ओमकान्त आलेमगरले बताउनुभयो । उनीहरुको हाल २ वर्षको छोरा रहेका छन् । आमा नभेटेपछि छोरा मोहन आले सहित परिवार अतालिएका छन् ।

परिवारजन र आफन्तले उनको लगातार खोजी गरिरहेका छन् । घर फर्कन उनिहरुले विभिन्न सञ्चारमाध्यममार्फत आग्रह गर्दै आएका छन् । प्रहरीमा समेत खोजीको पहलका लागि आग्रह गरेका छन् ।

उनलाई देख्नुहुने वा भेट्नुहुने भहानुभावले नजिकको प्रहरी कार्यालय वा ९८१६४१८२६२ मा सम्पर्क गरिदिन श्रीमान ओमकान्त आलेमगरले आग्रह गर्नुभयो ।

Share.

Leave A Reply