भरतपुरको कोभिड १९ परीक्षण प्रयोगशालामा पाल्पाका ९३ जनाको स्वाव पोजेटिभ

0

११ असार । भतरपुरमा रहेको कोरोना भाइरस कोभिड १९ परीक्षण प्रयोगशालामा गरिएको स्वाव परीक्षणमा पाल्पा जिल्लाका ९३ जनालाई संक्रमण पुष्टी भएको छ । हिजो परीक्षण गरिएको २९७ स्वावमा उक्त जिल्लाका ९३ जनामा संक्रमण देखिएको भरतपुर अस्पतालले जनाएको छ । भरतपुर अस्पतालका १५,सी.एम.सीका ४,पुष्पाञ्जलिका २, क्यान्सर अस्पतालका २६, सी.ओ.एम.एसका १६ र पाल्पाका २३४ गरि जम्मा २९७ वटा नमुना परीक्षण गरिएको थियो । २०४ नमुनाको नतिजा नेगेटिभ रहेको छ ।

त्यस्तै असार ९ गते गरिएको परीक्षणमा ५ जनामा संक्रमण पुष्टी भएको थियो । भरतपुर अस्पतालको १२,सी.एम.सीको ७, बिनय त्रिवेणीको १५, भरतपुर महानगरपालिकाको १३, नारायणी सामुदायिक असपतालको १, खैरहनी नगरपालिकाको ४, सी.एम.एसको ४, गैंडाकोटको २०, क्यान्सर अस्पतालको १९, कालिका नगरपालिकाको २०, देवघाट गाउँपालिकाको ६ वटा गरि १२१ नमुना मध्ये देवघाट ५ तनहुँका २३ वर्षीय पुरुषमा, गैंडाकोट १ नवलपुर बस्ने वर्ष ३३ र वर्ष ५१ का महिला , गैंडाकोट १२ नवलपुर बस्ने वर्ष ५६ को महिला गरी ३ जना र कालिका ३ चितवन बस्ने वर्ष ३९ को पुरुष १ गरी जम्मा ५ जनामा संक्रमण पुष्टी भएको थियो ।

वाँकी ११६ स्वावको रिपोर्ट भने नेगेटिभ रहेको भरतपुर अस्पतालले हिजो जनाएको थियो ।

Share.

Leave A Reply