कोरोनाबाट गण्डकी प्रदेशमा अर्का एक व्यक्तिको मृत्यु

0

११ असार । गण्डकी प्रदेशमा कोरोना संक्रमण कोभिड १९ का कारण मृत्यु हुनेको सख्या २ पुगेको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले आज विज्ञप्ती जारी गर्दै कोरोना संक्रमणका कारण स्याङ्जा सिरुवारीका ५५ वर्षीय पुरुषको मृत्यु भएको जानकारी दिएको छ । अस्पतालको आई.सि.युमा गत असार ८ गते भर्ना हुनुभएको उहाँ कोभिड १९ सँगै डाइविटीज को पनि संक्रमण रहेको थियो । भेन्टिलेटरमा राखी उपचार भइरहेको उहाँको असार १० गते हिजो राती ११ बजेर ३५ मिनेट जाँदा मृत्यु भएको थियो । यस अघि पनि स्याङजाकै वालिङ नगरपालिकाका ६० वर्षीय एक पुरुषको कोभिड कै कारण मृत्यु भएको थियो । गत जेठ २६ गते स्वास्थ्य निर्देशनालयले मृत्यु भएको प्रमाणीत गरेको थियो । यस सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सख्या २५ पुगेको छ ।

Share.

Leave A Reply