बढ्यो गैंडाकोटको बजेट, आगामी वर्षका लागि ७१ करोड ३२ लाख सार्वजनिक

0

डोलराज रानाभाट, १० असार, गैंडाकोट । गैंडाकोट नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ७१ करोड ३२ लाख ४९७ रुपैयाको बजेट सार्वजनिक गरेको छ । आज वसेको सातौँ नगरसभाले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि चालु आर्थिक वर्षको भन्दा ६ करोड ६३ लाख २७ हजार ९८ रुपैयाले बढि बजेट सार्वजनिक गरेको छ ।

नगर प्रमुख छत्रराज पौडेलेको सभाध्यक्षमा सम्पन्न नगरसभामा नगर उपप्रमुख विष्णुकुमारी कडेँलले बजेटको अंक सार्वजनिक गर्नुभएको थियो । आगामी वर्षका लागि कुल ७१ करोड ३२ लाख ४९७ रुपैयाको बजेट सार्वजनिक गरेको बताउँदै उपप्रमुख कडेँलले आय तर्फको आन्तरिक स्रोतमा ९ करोड ४० लाख ५० हजार र संघ तथा प्रदेशबाट प्राप्त अनुदान ६१ करोड ९१ लख ५० हजार ४९७ रुपैया गरी उक्त अंकको बजेट सार्वजनिक गर्नुभएको थियो ।

चालु आवका लागि भने आन्तरिक स्रोतमा १० करोड ३७ लाख १२ हजार ३ सय ९९ रुपैया र संघ तथा प्रदेशबाट प्राप्त अनुदान ५४ करोड ४८ लाख ६१ हजार गरी कुल ६४ करोड ८५ लाख ७३ हजार ३९९ रुपैया सार्वजनिक गरिएको थियो ।

त्यस्तै खर्च तर्फ ११ करोड ६५ लाख कार्याल तथा प्रशासनिकमै छुट्याइएको छ । चालु आवभन्दा १६ लाख ४० हजारले यो खर्च वढेको छ । त्यस्तै गैडाकोट नगरपालिका वडानम्वर ३, १४ र १८ का लागि प्रति वडा ८० लाखका दरले २ करोड ४० लाख तथा वाँकी १५ वटा वडाका लागि प्रति वडा ७० लाखका दरले १० करोड ५० लाख गरी कुल १२ करोड ९० लाख बजेट विनियोजन गरिएको छ । त्यस्तै आर्थिक विकास समिति मार्फत कृषिमा १ करोड, पशुपंक्षि तर्फ ६० लाख र सहरकारीमा ५ लाख गरी १ करोड ६५ लाख छुट्याइएको छ । सामाजिक विकास समितिबाट शिक्षामा जम्मा १ करोड २५ लाख, स्वास्थ्यमा १ करोड ५० लाख, खेलकुदतर्फ २० लाख, लक्षित वर्गका लागि ८५ लाख, आयूर्वेदका लागि १० लाख विनियोजन गरिएको छ ।

पूर्वाधार विकास तर्फ २ करोड ८४ लाख ४९७, वातावरण तथा विपद व्यवस्थास्पन तर्फ १ करोड ५० लाख, संस्थागत विकास तथा सेवा प्रवाहतर्फ ३० लाख, शशर्त अनुदान संघीय सरकार कार्यक्रममा २९ करोड ६५ लाख, विशेष अनुदान संघीय सरकारतर्फ २ करोड ८० लाख, विपद व्यवस्थापन कोष सहित ७ वटा कोषका लागि ३० लाख, समपुरक अनुदान तर्फ २ करोड, लागत सहभागितामा १ करोड र मेसिनगरी औजार सावरी साधन तथा फर्निचर तर्फ ८३ लाख बजेट छुट्याइएको छ ।

बजेट प्रस्तुत गर्दै उपप्रमुख कडेँलले कोरोना महामारीका विरुद्ध नगरपालिका आफ्नो सम्पूर्ण क्षमता उपयोग गर्दै उपलब्ध स्रोत साधनको भरपुर प्रयोग सहित लडिरहेको भन्दै यो लडाइमा साथ दिने सवैलाई आभार व्यक्त गर्नुभयो ।

 

 

 

 

Share.

Leave A Reply