गैंडाकोट नगरपालिकाको नीति तथा कार्यक्रम ः नगरको विकासका लागि १३ प्रमुख आधार

0

डोलराज रानाभाट, १० असार, गैंडाकोट । गैंडाकोट नगरपालिकाको समृद्धिका लागि १३ वटा प्रमुख आधारहरु सार्वजनिक गदैै आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि नीति कार्यक्रम तथा बजेट सार्वजनिक गरिएको छ । आज सम्पन्न सातौँ नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख छत्रराज पौडेलले कोभिड १९ को जोखिम तथा सोबाट सृजित स्वास्थ्य समस्या न्यूनीकरण गर्नुनै पहिलो उद्देश्य रहेको बताउनुभयो । त्यस्तै कालिगण्डकी करिडोर, विपी अन्तराष्र्टि«य खेल ग्राम, गरीबी मुक्त गैडाकोट अभियान मनमोहन राष्ट्रिय रंगशला, स्मार्ट गैडाकोट, शैक्षिक हव निजी क्षेत्रको लगानीमा मौलाकालिका केवुलकार निर्माण आदि रहेका छन् । हालससम्म नगरभित्र कोही पनि व्यक्ति कोरोनाबाट मृत्युवरण गर्न नपरेको भन्दै यस महामारीको युद्धमा लडिरहने सवैलाई आभार व्यक्त गर्दै नगरका सवै संयन्त्र यसैमा परिचालन गर्ने बताउनुभयो ।

कोभिड १९ बाट जनताको जीवन रक्षा गर्ने, जिविको पार्जनमा टेवा पु¥याृने तथा महामारीबाट प्रभावित भएको नगरको विकास प्रकृयालाई समेत माथि उठाउने गरी बजेट नीति तथा कार्यक्रम र बजेट सार्वजनि गरिएको उहाँको भनाई छ । नगर सभा अध्यक्ष छत्रराज पौडेलले नगरलाई कोराना माहामारी मुक्त गराउँदै समृद्धि उन्मुख र सुविधा सम्पन्न बनाउन नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो ।
यस पटक कृषि र विदेशबाट फर्कने वा यही भएर वेरोजगार भएका युवाहलाई रोजगारी दिने विषयमा नीति तथा कार्यक्रम केन्द्रीत रहेको छ । बाँझो जग्गा रहित नगर नारा दिएर खेतीयोग्य जमिनलाई प्लटिङ गर्न पूर्ण रुपमा निरुत्साहित गरिने पौडेलले बताउनुभयो ।
त्यस्तै नगरमा हालसम्म उपयुक्त फोहोर विसर्जन गर्ने स्थल नहुँदा चाँडै निजी क्षेत्रसँग सहकार्य गरेर समस्याको समाधान गर्ने उहाँको प्रतिवद्धता छ ।
कृषिलाई महत्व दिएको नगरपालिकाले यस पटक गैंडाकोटको मकै लाई चिन्न सफल भएको छ । जसमा नगरप्रमुख छत्रराज पौडेलले गैंडाकोटको पहिचान स्वादिलो मकै नारा दिएर यो कार्यक्रमलाई व्यवापकता प्रदान गर्ने, उत्पादीत मकैको बजारीकरणका लागि थप व्यवस्थित स्थानीय स्तरमै हाटबजारको व्यवस्था गर्ने बताउनुभयो ।

प्राय गत वर्षकै नीति तथा कार्यक्रम दोहोरिएपनि केही नयाँ थपिएका छन् । मकै सँगै स्थानीयको उत्पादन प्रवद्र्धन गरी रोजगारी वढाउन गैडाकोट ३ को हर्दि ढोडेनी र वडानम्व्र १२ र १८ मा होमस्टे सचालन गर्न प्रोत्साहन सहित बजेट छुट्याइएको छ । त्यस्तै जनताको घरदैलोमा मेयर कार्यक्रम सञ्चालन गरिने, नगर प्रहरी सेवा गठन गर्ने प्रकृया अगाडि बढाइने, कोभिड १९ लाई मध्यनजर गर्दे प्रविधिको प्रयोगमा जनप्रतिनिधि देखि कर्मचारी सेवाग्राहीलाई प्रोत्साहीत गर्ने, विदेशमा रोजगार गुमी नेपाल फर्किएर स्थानीय स्तरमै व्यवसाय संचालन गर्न चाहे व्यवसाय दर्ता गर्दा लाग्ने दस्तुरमा अनुदान सहयोग गरिने, प्रस्तावित नगर अस्पताललाई पूर्ण क्षमतामा संचालन गरिने, नगरभित्रका सवै पसलले अनिवार्य मूल्य सूची राख्नुपर्ने, नगरपालिकालाई तीनै तहको सरकारको पहलमा विद्यालय सहरको रुपमा विकास गर्न उपयुक्त कार्य गर्ने बताउनुभयो ।

साथै विवादमुक्त गैंडाकोट बनाउने , शुसासनका लागि समता र न्यायमा आधारित गैंडाकोट, सुत्केरी आमा पोषिलो खाना, स्वस्थ र अनुशासित युवा विकासमा टेवा, समृद्ध गैंडाकोट महाअभियान वर्ष, महिलासँग उप मेयर कार्यक्रम, गरिबीमुक्त गैंडाकोट, छात्रछात्राहरुको पोषाक एउटै बनाउने, कृषिमा सहकारीको लागानी ः नगरपालिकाको साझेदारी कार्यक्रम, १ वडा १ विशिष्ट कार्यक्रम, उत्पादन र उत्पादकत्व वृद्धि ः कृषिबाट हाम्रो समृद्धि, शिक्षित छोरी सक्षम घर, सवै विद्यालयको आगडि एउटै रंग तथा अध्ययन गर्ने छात्रछात्राको पोषाक एउकै बनाउने, भृकुटी कागज कारखाना वन्द भए पश्चात मजदुरहरुलाई पर्न गएको मर्कामो सवोधन गर्दै उक्त उद्योगलाइ नेपाल सरकार मातहत ल्याउन आवश्यक पहल गरिने पौडेलको भनाई छ ।

एक घर एक विरुवा तथा एक वडा एक हरियाली पार्क, हरियाली नगर कार्यक्रम, उज्यालो सडक कार्यक्रम, एक सामुदायिक वन एक जलाधार, मेरो फोहर मेरै व्यवस्थापन, लगायतका कार्यक्रम अघि सार्नुभयो । सभामा प्रस्तुत गरिएको ४ वटा प्रस्तावमा आगामी आर्थिक वर्ष २०७७÷०७८ को नीति तथा कार्यक्रम प्रस्तुत, बजेट तथा योजना प्रस्तुत, आर्थिक विद्येयक २०७७ र विनियोजन विद्येयक २०७७ रहेको थियो । नीति तथा कार्यक्रम नगरप्रमुख छत्रराज पौडेलले र अन्य तीन वटा प्रस्ताव उपप्रमुख विष्णु कुमारी कडेँल सापकोटाले सभामा प्रस्तुत गर्नुभएको थियो । नीति तथा कार्यक्रम र बजेट अध्ययनको नगरसभा सदस्यहरुले समय माग गरेपछि आगामी असार १६ गते २ बजे पुन बैठक वस्ने गरी आजको सभा स्थगित गरिएको थियो । उक्त वैठकमा सवै प्रस्ताव पारित हुने बताइएको छ ।

Share.

Leave A Reply