लायन्स/लियोको गैंडाकोटको कार्यक्रममा १२३ जनाद्वारा रक्तदान

0


प्रेम क्षेत्री
असार १०, गैंडाकोट । गैंडाकोटमा आज भएको बृहत रक्तदान कार्यक्रममा १२३ जनाले रक्तदान गरेका छन् । गैंडाकोट ४ मा रहेको गैंडाकोट पोलिक्लिनिकको परिसरमा भएको कार्यक्रममा ३६ महिला सहित १२३ जनाले रक्तदान गरेको लायन वर्ष २०१९–२० का रिजन चेयरपर्सन लायन अनिल सापकोटाले जानकारी दिनुभयो ।


लायन्स क्लब अफ ईन्टरनेशनल ३२५ बि २ नेपाल यरिया नम्बर ३ अन्तरगत रहेका गैंडाकोट नगरपालिका क्षेत्र भित्रका सम्पूर्ण लायन्स र लियो क्लबहरुको संयुक्त आयोजनामा बृहत रक्तदान कार्यक्रम भएको हो । कार्यक्रममा गैंडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेलले ब्लड ब्याग हस्तान्तरण गरि कार्यक्रमको उद्घाटन गर्नुभएको हो ।


कार्यक्रममा लायन्स क्लब अफ ईन्टरनेशनल ३२५ बि २ नेपालका वर्ष २०२०–२१ का प्रथम भाईस डिस्ट्रिक गर्भनर लायन एमजेएफ रामप्रसाद भट्ट, विपद् व्यवस्थापन समिति गण्डकी प्रदेशका अध्यक्ष केशवप्रसाद सापकोटा, नेपाल रेडक्रस सोसाईटी नवलपुरका अध्यक्ष मदनभक्त अधिकारी, नेपाल रेडक्रस सोसाईटी गैंडाकोटका अध्यक्ष उमाकान्त सापकोटा, लायन्सका को. चिफ एडभाईजर दिनानाथ न्यौपाने, सिनयर डिस्ट्रिक एडभाईजर राजेन्द्र गौतम, डिस्ट्रिक एडभाईजर कृष्ण पाण्डे, यरिया नम्बर ३ का २०२०–२१ का यरिया चिफ प्रभाकर पण्डित, एओजी गोपालप्रसाद गौतम, १०७ पटक रक्तदान गर्ने रक्तदाता खुमनाथ पौडेल, वडा अध्यक्षहरु नवराज कंडेल, शिवकान्त तिवारी, रक्त सञ्चार केन्द्र भरतपुरका रमेश पौडेल लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमका वक्ताहरुले लायन्स र लियोको यस कार्यको प्रंशसा गर्दै कोरोनाका कारण अभाव रहेको रक्त अभावलाई पुर्ती गर्ने बताएका थिए ।


सो अवसरमा क्लबका तर्फबाट रक्त सञ्चार केन्द्रलाई १० थान पिपिई सेट हस्तान्तरण गरिएको थियो । गैंडाकोटमा लायन्सका ९ वटा क्लब र लियो क्लबले सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न कार्यक्रम गर्दै आएका छन् । कार्यक्रम यरिया नम्बर ३ का एरिया को. चिफ गणेश शर्मा पौडेलले सहजिकरण गर्नुभएको थियो । कार्यक्रम लायन वर्ष २०१९–२० का रिजन चेयरपर्सन लायन अनिल सापकोटाको अध्यक्षतामा सम्पन्न भएको हो ।

Share.

Leave A Reply