गैंडाकोटको सातौं नगर सभामा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत

0


प्रेम क्षेत्री,
असार १०, गैंडाकोट । गैंडाकोट नगरपालिकाको सातौं नगर सभामा आर्थिक वर्ष २०७७/७८ का लागि नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरिएको छ ।

नगर सभा अध्यक्ष छत्रराज पौडेलले नगरलाई कोराना माहामारी मुक्त गराउँदै समृद्धि उन्मुख र सुविधा सम्पन्न बनाउन नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो । उहाँले एक घर एक विरुवा तथा एक वडा एक हरियाली पार्क, हरियाली नगर कार्यक्रम, उज्यालो सडक कार्यक्रम, एक सामुदायिक वन एक जलाधार, बाँझो जग्गा रहित नगर, मेरो फोहर मेरै व्यवस्थापन, जनताको घरदैलोमा मेयर कार्यक्रम सञ्चालन गरिने बताउनुभयो । साथै विवादमुक्त गैंडाकोट बनाउने उहाँले बताउनुभयो । त्यसैगरि शुसासनका लागि समता र न्यायमा आधारित गैंडाकोट, सुत्केरी आमा पोषिलो खाना, स्वस्थ र अनुशासित युवा विकासमा टेवा, समृद्ध गैंडाकोट महाअभियान वर्ष, महिलासँग उप मेयर कार्यक्रम, गरिबीमुक्त गैंडाकोट, छात्रछात्राहरुको पोषाक एउटै बनाउने, कृषिमा सहकारीको लागानी ः नगरपालिकाको साझेदारी कार्यक्रम, १ वडा १ विशिष्ट कार्यक्रम, उत्पादन र उत्पादकत्व वृद्धि ः कृषिबाट हाम्रो समृद्धि, शिक्षित छोरी सक्षम घर, लगायतका कार्यक्रम अघि सार्नुभयो ।


गैंडाकोटमा ७१ करोड ३२ लाख, ४ सय ९७ रुपैयाँको बजेट प्रस्तुत गरिएको छ । नगर उप प्रमुख विष्णुकुमारी कंडेलले विनियोजित बजेट प्रस्तुत गर्नुभएको थियो । गैंडाकोट रिसोर्टमा जारी सातौं नगर सभामा आर्थिक विधेयक २०७७, विनियोजन विधेयक प्रस्तुत भएको गैंडाकोट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामप्रसाद आचार्यले जानकारी दिनुभयो । कोरोना त्रासका बीच बसेको नगर सभामा प्रस्तुत नीति तथा कार्यक्रम र बजेटमाथी छलफल हुँदैछ ।

Share.

Leave A Reply